Untitled Document

बैदेशिक रोजगार ब्यवसायी संघमा गुरुङ नेतृत्वको टीम जिताउने अभियान सुरु

काठमाडौं, असार २- आगामी असार ३० गते हुन लागेको नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनमा रोहन गुरुङ नेतृत्वको गठबन्धनलाई जिताउने अभियानको थालनी भएको छ । संघका महासचिव गुरुङको नेतृत्वमा चुनावमा होमिएको प्रगतिसशल बैदेशिक रोजगार ब्यवसायी मञ्च नेपालले शुक्रवारबाट गठबन्धनका सवै उम्मेदवारलाई जिताउने अभियान थालेको हो ।

संघको नेतृत्वका लागि मञ्च र गणतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी मञ्च नेपालसहित ६ वटा संगठनबीच सहकार्य गर्ने सहमति भएको छ । अध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषध्यक्षसहित १७ पदका लागि हुनेनिर्वाचनमा सवै संगठनबीच पदीय बिभाजनसमेत भइसकेको छ । सोही निर्वाचनलाइृ मध्यनजर गरी मञ्चले सदस्यता बितरण गरेको हो ।

‘हामी यस पटक सवै ब्यवसायीको हितका खातिर निर्वाचन जितेर महासचिवका रुपमा रोहन गुरुङले निर्वाह गरेको भुमिका स्थापित गराउन चाहिरहेका छौं, ब्यवसायी पनि हाम्रो नेतृत्व खोजिरहेका छन,’ मञ्चकी उपाध्यक्ष तथा संघकी पूर्वसचिव शुवर्ण श्रेष्ठले भनिन ।

संघमा गुरुङ नेतृत्वको गठबन्धन उम्मेदवार जिताउन पूर्वअध्यक्ष महेन्द्र शेरचन, एलपी साँवा लिम्बु, बलबहादुर तामाङ, मञ्च अध्यक्ष नरेश गेलाल, पूर्वअध्यक्ष शरोज पोखरेल, किशान श्रेष्ठ, रघु पुरी, चित्रगुप्त साँवालगायतका ब्यवसायी नेताहरु लागेका छन ।

June 16, 2017मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *