जनता टाइम्स

१६ मंसिर २०७६, सोमबार १९:२४

नेपाली कांग्रेसले गरेको त्यो ऐतिहासिक भूल


विपिको सिद्धान्तवाट दिग्भ्रमित भई खुला बजार व्यवस्थालाई अंगिकार गरेर नेपाली कांग्रेसले ऐतिहासिक भूल गरेको छ । नेपालमा आन्दोलन रहेको अवस्थामा नेताहरूको अवस्था आर्थिक रूपले जनताका जस्तै थिए । तर रातारात पजेरो प्राडो, गगन मार्गमा विदेश शयर गर्नु आर्थिक उदारीकरणले ल्याएको ज्वारभाटावाट निस्केको कमिसनतन्त्र र विचौलिया संस्कारको उपज थियो

वर्तमान अवस्थामा नेपाली जनताले स्थिरताभित्र अस्थिरता महशुस गरिरहेका छन् । दुई तिहाइको सरकारले वाचा गरेअनुसारको सुनौलो दिनको अनुभूति अझै जनतामा गराउन सकिरहेको छैन । प्रजातान्त्रिक व्यवस्थामा जनताका अपेक्षा, चाहना र आकांक्षाहरूलाई दृष्टिगोचर गराउने काम प्रतिपक्षले गरेको खण्डमा सरकार उर्जावान र वेगमान भई दतचित्तले अगाडि बढ्ने गर्दछ । आजको यक्ष प्रश्न के हो भने नेपाली कांग्रेस प्रतिपक्षको रूपमा कतिको प्रभावकारी छ वा सरकारलाई लिकमा ल्याउन कतिको सक्षम छ ? भन्ने कुरा टडकारो विषय रहेको छ ।

एउटा कुरा के हुनु पर्दछ भने प्रतिपक्ष वा विपक्षको काम सरकारको शैली, नीति र योजनालाई भण्डाफोर गर्नु वा त्यसलाई खण्डन गर्नु मात्रै होइन, सच्चा प्रतिपक्ष त सरकारलाई दृष्टि प्रदान गर्दछ । सरकारको योजनालाई साक्षात्कार गर्न सवलीकरण गर्दछ । यसै सन्र्दभमा एउटा रोचक उदाहरण भारतको प्रजातान्त्रिक अभ्यासलाई लिन सकिन्छ । भारतमा नरसिंहा राव प्रधानमन्त्री हु‘दा त्यस कालखण्डमा विपक्षी दलका नेताका रूपमा अटल विहारी वाजपेयी थिए । जेनेभामा काश्मिरको समस्यालाई प्रस्तावको रूपमा पाकिस्तानले राखेका थिए । प्रस्ताव पाकिस्तानको पक्षमा पास हुनुको मतलव भारतको काश्मिर नीति पूर्वरूपमा असफल हुनु थियो । राजनीतिको वुद्विचालमा धीर र गम्भीर खेलाडी नरसिंहा रावले भारतको पक्ष राख्नको निम्ति विपक्षी दलका नेता अटल विहारी वाजेपेयीलाई सुम्पिदिए ।

आफ्नो ओजपूर्ण तर्क, काब्यशैली र उच्च कुटनीतिज्ञ साम्र्थयको मद्धतले वाजपेयी भारत सरकारको पक्षमा निर्णय गराउन सफल भए । सारा संसार चमत्कृत भए कि विपक्ष भन्नाले त सरकारको नीतिलाई भत्र्सना गर्नु हो । तर कस्तो विपक्ष जसले कि सरकारको नीतिलाई सफल गराउ‘न सम्पूर्ण उर्जा उत्र्सग गरे । भन्नुको तात्पर्य के हो भने सरकार र विपक्ष रचनात्मक मुद्दा वा विदेश नीतिमा सहयात्री हुनु पर्दछ । भर्खरै नेपाली कांग्रेसका सभापति शेरबहादुरले भारतले प्रकाशित गरेको नक्सा प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मिलोमत्तो हो भन्ने अभिव्यक्ति दिएर कांगेसको गौरवशाली इतिहासमा नै प्रश्न चिन्ह लगाइ दिए । वर्तमान अवस्थामा दार्शनिक हिसावले कांग्रेसले आफ्नो विशिष्ट धरातललाई स्मरण गर्नु पर्ने हुन्छ । आगामी दिनमा नेपाली कांगे्रसले खेल्ने भुमिकामा प्रजातन्त्रको भाग्य र भविष्य निर्धारण गर्नेछ । यसै सन्र्दभमा प्रस्तुत आलेख नेपाली कांग्रेस र डा. राममनोहर लोहियाको सम्बन्धको वारेमा चर्चा गरिनेछ ।

नेपालका राजनैतिक चिन्तक प्रदीप गिरीले आफ्नो आलेखमा स्वीकार गरेका छन् कि डा. लोहिया र विपिको सानिध्यले नै नेपाली कांग्रेसको पहिलो ‘घोषणा पत्र’ तयार भएको थियो । २२ वर्षको उमेरमा जर्मनवाट विद्यावारीधि गरेका लोहिया कुसाग्र वुद्धिका थिए । भारतमा नेपाली कांग्रेसको कार्य समितिमा डा. लोहियाको सशरीर उपस्थिति मात्रै थिएनन, कि उनले दार्शनिक वहसलाई पनि दिशावोध गर्थे । डा. लोहियाको दर्शन चर्चा गर्नु भन्दा पहिले उनले लगाएको गुण नेपाली प्रजातान्त्रिक आन्दोलनको लागि धेरै लाभदायक सिद्ध भएको छ । विपिको राणाविरुद्ध आमरण अनशनले राणाहरू डगमग हुने अवस्थामा थिएन । राणाहरू माथि दवाव सृजना गर्न गान्धीवाहेक अरु कुनै विकल्प थिएन । विपिको शारीरिक अवस्था चिन्ताजनक रहेको अवस्थामा डा. लोहियाले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई (किशुनजी) लाई गान्त्रीसंग भेट गराई राणामाथि दवाव दिलाउन सफल भए । गान्धी हत्या भन्दा केही दिन पहिले विपिलाई गान्धीसंग भेटाउने मान्छे डा. लोहिया नै थिए । सन १९४९ राणा शासनको विरोधमा दिल्लीमा जुलुस प्रदर्शन गरी आफ्नो गिफ्तारी दिएका डा. लोहिया नेपाली प्रजातान्त्रिक आन्दोलनका ठुलो शुभेच्छुक हुन् ।

नेपाल जस्तो मुलुकमा समाजवादलाई संविधानले नै स्थापित गरेर मार्गदर्शन गरेको छ । यस सन्दर्भमा डा. लोहियाको समाजवादका केही सुत्रहरूको चर्चा गर्नु खास गरेर नेपाली कांग्रेसको सन्र्दभमा प्रासङ्गिक हुनेछ । डा. लोहियाले सांसदको रूपमा भारतको संसदमा दिएका अभिव्यक्ति भारतको संसदीय इतिहासमा स्वर्ण अक्षरले कोरिएका छन् । डा. लोहियाले भारतको प्रधानमन्त्रीमा दैनिक खर्च २५, हजार रूपैया छ भने साधारण भारतीयको खर्च ३ आना मात्र रहेको तथ्याङ्क प्रस्तुत गरे । अर्थात् समाजवादमा नेता र जनताको यस्तो खाडल मानवीय मूल्य मान्यताको विरोधी हो । आजको सन्र्दभमा नेपाली कांग्रेसले नेपाली जनता करबाट चेपिएको, थिचिएको र मिचिएको अवस्थामा प्रधानमन्त्रीलगायत राज्यका अरू सत्ता वाहकहरू माथि कतिको खर्च अपव्यय भइरहेको छ ? त्यसको लेखाजोखा गर्न संसदमा गर्जिनु पर्दछ । डा. लोहिया गान्धीका सिद्धान्तलाई धरातलमा प्रयोग गर्ने सबभन्दा ठुला व्यक्तित्व थिए । उनका सत्याग्रहका कृतित्वहरू वडो स्मरणीय छन् । गोवालाई उपनिवेशवाद मुक्तिका लागि, यु.पी.मा नहर एक्ट उन्मुलनका लागि र विभिन्न किसिमका गैरबरावरी र असमान कानुनका विरोधमा डा. लोहियाले अनवरत रूपमा सत्याग्रहद्वारा आन्दोलन गरे ।

नेपालमा समस्याको चाङ नै छ । जनताको आवाज दमित भएको अवस्थामा त्यसलाई ध्वनित गर्न देशव्यापी सत्याग्रहको अपिरहार्यता छ । जनता कमजोर भएपछि बन्दुक उठाउ‘छ तर वलियो भएपछि सत्यको लागि संघर्ष गर्दछ । त्यस कारण प्रदीप गिरीले एउटा भाषणमा के भनेका छन् भने “मजबुतिका नाम गान्धी और मजबुरीका नाम माओत्सेतुंग” । सत्याग्रहले जनता आफ्नो अधिकारप्रति सचेत हुन्छ । नेपाली कांग्रेसले आज आफ्नो औद्योगिक नीति वहुत स्पष्टताका साथ राख्नु पर्दछ । विपिको सिद्धान्तवाट दिग्भ्रमित भई खुला बजार व्यवस्थालाई अंगिकार गरेर नेपाली कांग्रेसले ऐतिहासिक भूल गरेको छ । नेपालमा आन्दोलन रहेको अवस्थामा नेताहरूको अवस्था आर्थिक रूपले जनताका जस्तै थिए । तर रातारात पजेरो प्राडो, गगन मार्गमा विदेश शयर गर्नु आर्थिक उदारीकरणले ल्याएको ज्वारभाटावाट निस्केको कमिसनतन्त्र र विचौलिया संस्कारको उपज थियो ।

विपि र डा. लोहिया रोजा लक्जम्बर र सुमाकरवाट प्रभावित थिए । सुभाकरले “स्मल इज व्यूटिफुल”को सिद्धान्त प्रतिपादीत गरेर साना साना उद्योगलाई स्थापना गर्न आग्रह गरेका थिए । साना उद्योगहरूले गाउ‘लाई दीर्घजीवी बनाउ‘छन् । आज नेपालका गाउ‘हरू रोइरहेको अवस्थामा नेपाली कांग्रेसले आफ्नो औद्योगिक नीतिलाई पूर्ण विचार गरी समाजवादको मर्मअनुसार त्यसलाई अगाडि बढाउ‘नु पर्दछ । डा. लोहियाले माक्र्सवादलाई चुनौती दिदै दुइटा कालजयी कृति जनसमक्ष ल्याए । “इकनोमि आक्टर माक्र्स” र “विल्स अ‘फ हिस्ट्री” उनका दुई कृति माक्र्सवादको द्वन्दात्मक भौतिकवादलाई चिरफार गर्दछन् । भारतको सन्र्दभमा डा. लोहियाको स्पष्ट के विचार थियो भने भारत वर्गीय समस्यावाट मात्रै ग्रसित छैन, भारतको प्रमुख समस्या जातीय पनि हो । उनले भारतको सन्र्दभमा जातिविहीन समाजको स्थापनाका लागि सपना देखेका थिए । भारतको प्रजातान्त्रिक इतिहास सबभन्दा पहिले समाजका सीमान्तकृत वर्गको विशेषाधिकारलाई स्थापित गर्न सूत्रवद्ध ढङ्गले विचार व्यक्त गर्ने व्यक्ति नै डा. लोहिया थिए । नेपाली कांग्रेसको दार्शनिक अङ्कुर यही नै हो । नेपाली कांग्रेसको सीमान्तकृतप्रतिको प्रतिवद्धता यदि यथार्थमा रुपान्तरण भएको भए नेपालले १७ हजार जनता सहिद हुनुपर्ने थिएन अर्थात् समावेशी नेपाली कांग्रेस दार्शनिक उठान हो । विपिको मन्त्रीमण्डल र केन्द्रीय कमिटी पनि केही हदसम्म यो सिद्धान्तलाई अनुमोदित गर्दछ ।

राष्ट्रिय हितको लागि सम्पूर्ण शक्तिलाई एक सुत्रमा वाध्नु पर्दछ भन्ने डा. लोहियाको मान्यता थियो । सन् १९६२ भारत चिनवाट पराजित भएपछि सन् १९६३ मा फुलपुर भन्ने संसदीय निर्वाचनमा नेहरुको विरोधमा उम्मेदवारी दिएर विदेश नीतिलाई राष्ट्रिय विर्मशको विषय बनाउ‘ने डा.लोहिया नै थिए । आफ्नो जीवनको उत्तराद्धर्धमा सम्पूर्ण साना साना दलहरूलाई एकीकृत गरेर भारतको विभिन्न राज्यहरूमा गैर(कांग्रेस सरकारको गठनले गर्दा डा. लोहिया प्रजातन्त्रलाई जोगाउ‘न अभूतपूर्व प्रयास गरे । आज नेपाली कांग्रेसले चिनको कप्युनिष्ट पार्टीसँग निकट सम्बन्ध रहेको नेपालको वामपन्थी कित्तासंग वैचारिक र दार्शनिक संघर्षलाई घनीभूत हुन डा. लोहियाद्वारा प्रतिपादित केही दार्शनिक सिद्धान्तहरूलाई मनन् गर्नु पर्नेछ । डा. लोहियाले भन्ने गर्थे कि राजनीति अल्पकालीन धर्म हो र धर्म दीर्घकालीन राजनीति हो । अर्थात् मानव सेवा विना राजनीतिको कुनै महत्व छैन । सिद्धान्तविना पार्टी दृष्टिविहीन हुन्छ । नेपाली कांग्रेस आफ्नो एतिहासिक धरोहरलाई मानसपटलमा राखी भविष्यको मार्ग चयन गर्नु पर्दछ । रणभुल्लमा रहेको अवस्थामा नेपाली कांग्रेसले आफ्नो अभिभारा पुरा गर्न सक्दैन ।