काठमाडौं, मंसिर १७ । बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसीले छैटौंपटक बालोन डिआर जितेका छन् । फ्रान्सको पेरिसमा आयोजित विशेष कार्यक्रममा मेस्सीले यो अवार्ड हात पारेका हुन् ।
मेसीले २०१९ को उत्कृष्ट खेलाडी हुँदै युभेन्टसका क्रिस्टियानो रोनाल्डो, लिभरपुलका साडियो माने र भर्जिल भान डाइकलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । अवार्ड जितेसँगै मेसी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन । उनले यसअघि सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा यस अवार्ड जितेका थिए । मेस्सीपछि रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् ।
प्रतिक्रिया दिनुहोस्