जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार १३:२२

२० स्वर्ण पदकसहित नेपालको शीर्ष थान कायमै


काठमाडौं, मंसिर १७ । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले आफ्नो दवदवा कायमै राखेको छ । नेपालले अहिलेसम्म २० ओटा स्वर्ण पदक जितेको छ ।

करातेमा उतृष्ट प्रदर्शन गर्दै मंगलबार नवीन रासाइलीले नेपाललै करातेमै आठौं स्वर्ण दिलाएका छन् । मंगलबारको स्पर्धामा रसाइलीले ६७ केजीको स्पर्धामा पाकिस्तानका अमेद नसिरलाई पराजित गर्दै स्वर्ण दिलाएका हुन् । यो करातेमा मात्रै नेपालले पाएको आठौं र नेपालले पाएको १९ औं स्वर्ण पदक हो ।

करातेमा एकछत्र राज गरेको नेपालले सोमबार ९ स्वर्णका लागि भएको खेलमा नेपालले ७ स्वर्ण जितेको थियो । नेपालले हालसम्म जितेका १९ स्वर्णमध्ये करातेबाट ८, तेक्वान्दोबाट ७ र ट्राइथोलनबाट १ र उसुबाट ३ र एथलेटिक्समा १ स्वर्ण पदक रहेका छन् ।

आज भएको महिलातर्फको दौड प्रतियोगितामा नेपाली खेलाडी सन्तोषी श्रेष्ठले ३५ मिनेट ७९ दशमलव ४ सेकेण्डमा निर्धारित दुरी पार गरेर नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएकी हुन । सन्तोषीले नेपाललाई बीसौं स्वार्ण पदक दिलाएकी हुन । सन्तोषीले एक मिलिसेकेण्डले भारतकी कविता यादालाई पछि पारेकी हुन् । यादाले ३५ मिनेट ७९ दशमलव ५ सेकेण्डमा उक्त दुरी पार गरेकी थिइन् ।