जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार १४:२६

डाक्टरपीडित युवतीको बयान : छाती चेक गर्ने भन्दै स्तन समाए, तल्लोपेट थिचेजस्तो गरी गुप्ताङ्ग चलाए


कामठाडौं, मंसिर १७ । ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटलका एक चिकित्सकको यौन दुब्र्यवहारमा परेकी युवतीले आफ्नो स्तन र योनी चलाएको बयान दिएकी छन । उनका अनुसार उपचारका लागि डाक्टरको कोठामा रहँदा बेडमा सुताएर आफूमाथि जबरजस्तीकरणीको प्रयाश डाक्टरले गरेका हुन ।
गत मंसिर ८ गते अस्पतालको बिरामी चेकजाँच गर्ने कोठामा डा. रोहितकुमार झाले आफूमाथि जबरजस्तीकरणी गर्न खाजेको ती युवतीको भनाई छ । डाक्टर झाको हर्कतबिरुद्ध ती युवती प्रहरीमा पुगेपछि अहिले प्रहरी हिरासतमा पुगेका छन । ती युवतीले प्रहरीमा दिएको बयान अनुसार उनी गत मसिर १ गते जनरल हेल्थ चेकअपका लागि सो अस्पताल पुगेकी थिइन् । त्यो दिन उनले रगत तथा अन्य जाँच गराइन् । रिपोर्ट लिन र डाक्टरसँग परामर्शका लागि पुनः ८ गते अस्पताल पुगिन ।

त्यस दिन भने उनी डाक्टर झाको हवसको शिकार भइन । ‘त्यस दिन अन्दाजी सवा ४ तिर अस्पताल पुगेको थिएँ । ४ः३५ बजे डा. रोहितले नाम बोलाए । म भित्र गएँ, बाहिरबाट खोल्न मिल्ने गरी ढोकाको लक लगाए । अनि मलाई कुर्सीमा बस्न लगाए । त्यसपछि स्टेथोस्कोपद्वारा छाती चेकजाँच गर्ने भनी स्टेथोस्कोपसँगै मेरो स्तनमा समाए,’ युवतीले भनेकी छन । ती युवतीका अनुसनर यतिमा मात्र डाक्टर झा थामिएनन, उनले थप हर्कत गरे ।

‘त्यसपछि पेट जाँच गर्नुपर्छ भन्दै नजिकै रहेको बेडमा सुत्न लगाए । पेट छामेको केहीबेरमा तल्लो पेट पनि हेर्नुपर्छ भने । मेरो पाइन्टको खिप र फस्नर खोल्न थाले, मैले पर्दैन–पर्दैन भन्दै थिएँ । तर मैले थाहा नपाउने गरी उनले फस्नर र खिप खोले,’ युवतीले भनेकी छन, ‘उनले तल्लोपेट थिचे जस्तो गरी औंलाहरु मेरो गुप्ताङ्ग छेउमा लगे र गुप्ताङ्ग छोए । म आत्तिएर जुरुक्क उठेँ । म बाहिर निस्कन खोज्दा यो कुरा कसैलाई नभन्नु भने ।’

मुलुकी (संहिता) ऐन, २०७४ मा करणीसम्वन्धी कसुरमा यस्तो छ ब्यवस्था

२२३. कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने ?

(१) सरकारी वा निजी कार्याल्यमा कार्यरत वा कुनै पेशागत सेवा वा व्यवासायिक कामको लागि सम्पर्कमा आएको वा रहेको कुनै व्यक्तिसँग त्यस्तो कार्यालयमा काम गर्ने कर्मचारी वा त्यस्तो सेवा उपलव्ध गराउने व्यक्तिले कार्यालयको काम गर्दा वा त्यस्तो सेवा उपलव्ध गराउँदा वा गराउने स्थानमा करणी गर्न वा करणी गर्न अरुलाई सहयोग गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई चार वर्षसम्म कैद र चालिस हजार रुपैयाँसम्म जरिवाना हुनेछ र त्यस्तो करणी यस ऐन वा अन्य कानुन अनुसार पनि कसुर हुने रहेछ भने सो बमोजिम हुने सजायमा यस दफाको सजाय थप हुनेछ ।

२२४. यौन दुव्र्यवहार गर्न नहुने स् (१) कसैले कसैलाई यौन दुव्र्यवहार गर्न वा गराउनु हुँदैन ।
(२) कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी बिना करणीका आशयले समातेमा वा निजका संवेदनशील अंग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्वन्धी आफ्नो अंग निजलाई छुन, समाउन लगाएमा, निजसँग अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा सांकेतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्बीर दोएमा, यौनका आशयले निस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वभाविक, अवाञ्छित वा अमर्या्दित व्यवहार गरेमा निजले यौन दुव्र्यवहार गरेको मानिनेछ ।

(३) उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

पछि आफूले स्वास्थ्य परीक्षण गर्न आउनुभएको आफ्नो अफिसको सरलाई आफूले पहिलेदेखि चिनेको सोही अस्पतालका एक डाक्टरलाई र श्रीमानलाई यस घटनाबारे जानकारी गराएकी थिइन । त्यसपछि झाबिरुद्ध प्रहरीमा उजुरी दिने निर्णयमा पुगेको युवतीको भनाई छ । प्रहरीले अनुसन्धानको लागि डा. झालाई मंसिर ९ गते पक्राउ गरेर हिरासतमा राखेको छ । ती युवतीले जबर्जस्ती करणीका महल अनुसार डा. झालाई नियन्त्रणमा लिई कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएकी थिइन ।