जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार १५:०१

मिडियामाथि खनिए प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार बिष्णु रिमाल, दिए यति कडा चेतावनी

कुन ‘तत्व’ ले हाम्रा मिडियाहरूलाई आधारहीन समाचार प्रेषित गर्न प्रेरित गर्छ होला ? ! मिडियामा आउने यस्ता ‘उडन्ते’ समाचार देख्दा दुःख मात्रै हैन, मीडियाकर्मीको स्तरप्रति पनि दया लाग्छ । मूलधारका मिडियाहरूले आफूलाई यसरी ‘बतासे’ नबनाए उनीहरूकै भलो हुने थियो कि ?

काठमाडौं, मंसिर १७ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमाल मुलधारका मिडियामाथि कडा आक्रोश पोख्नुभएको छ । हुँदै नभएको फेक समाचार लेखेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अफवाह फैलाएको भन्दै रिमालले कडा आक्रोश पोख्नुभएको हो ।

आज प्रकाशित अन्नपुर्ण पोष्ट दैनिकले प्रधानमन्त्री ओलीलाई थप उपचारका लागि नेपाल बाहिर लैजाने भन्दै समाचार प्रकाशित गरेपछि रिमाल आक्रोशित बन्नुभएको हो । सो पत्रिकाले प्रधानमन्त्रीलाई उपचार गर्न अमेरिका लैजाने छलफल शीर्षकमा समाचार प्रकाशित गरेको थियो । सो समाचारलाई ट्वीट गर्दै रिमालले कडा आक्रोश पोख्नुभएको छ । प्रतिक्रियाको क्रममा रिमालले ‘आधारहीन, उडन्ते भन्दै मिडियाकै स्तरप्रति दया लागेको बताउनु भएका छ ।

‘कुन ‘तत्व’ ले हाम्रा मिडियाहरूलाई आधारहीन समाचार प्रेषित गर्न प्रेरित गर्छ होला ? ! मिडियामा आउने यस्ता ‘उडन्ते’ समाचार देख्दा दुःख मात्रै हैन, मीडियाकर्मीको स्तरप्रति पनि दया लाग्छ,’ रिमालले भन्नुभएको छ, ‘मूलधारका मिडियाहरूले आफूलाई यसरी ‘बतासे’ नबनाए उनीहरूकै भलो हुने थियो कि ?’

यस्तो छ रिमालको आक्रोश