जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार १६:२६

सागमा नेपालको स्वर्ण पदक २२ पुग्यो, काजलले पनि जितिन् स्वर्ण


काठमाडौं, मंसिर १७

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले २२ वटा स्वर्ण पदक जितेको छ । यो सगै साग खेलकुदमा नेपालले आफ्नो एक सय औं स्वर्ण पदक समेत जित्न सफल भएको छ ।

नेपालले मंगलबार तेक्वान्दोमा थप १ पदक हात पारेपछि पदकतालिकामा नेपालका २२ स्वर्ण पदक दर्ज भएका हुन् । नेपालका लागि तेक्वान्दोतर्फ महिला ४६ मुनिको तौल समूहमा काजल श्रेष्ठले २२ औं स्वर्ण पदक दिलाइन् ।

काजलले पाकिस्तानी खेलाडीलाई ५०–१४ फराकिलो अंकले पराजित गर्दै स्वर्ण पदक आफ्नो पक्षमा पारेकी हुन् । यससँगै नेपालले मंगलबार मात्रै ७ स्वर्ण पदक जितेको छ । यसअघि सोमबार नेपालले १५ स्वर्ण पदक जितेको थियो ।