Untitled Document

सुडालमा एक सय आठ फिट अग्लो कल्पेश्वर महादेवको मूर्ति बनाइने

भक्तपुर । भक्तपुरको सुडालमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्ति स्थापना गरिने भएको छ । चागुनारायण नगरपालिका–८, स्थित सुडालमा विगत २२ वर्षदेखि तान्त्रिक विधिबाट जटिल रोग निको पारेको दाबी गर्दै आएका ललितपुर महानगरपालिका–१२, कुटी सौगलका बुद्धिकुमार खड्गी ‘शिवतान्त्रिक’ ले भक्तजनबाट सङ्कलित दक्षिणा÷भेटीबाट सो मूर्ति स्थापना गर्ने भएका हुन् ।

करिब रु २० करोडको लागतमा स्थापना हुने सो मूर्ति जमिनमुनि ४० फिट र जमिन माथि १०८ फिटको हुने छ । आफूले गरेको कल्पना पूरा हुने भएकाले नाम ‘कल्पेश्वर महादेव’ राखिएको उनले बताए । आफूकहाँ उपचारका लागि आउने भक्तजनसँग गक्षेअनुसार स्वेच्छाले मूर्ति स्थापनाका लागि सहयोग गरिदिन आग्रह गरेकाले सो रकम सङ्कलन भएको शिवतान्त्रिकले जानकारी दिए । मूर्ति आगामी नाग पञ्चमीको दिन शिलान्यास गरिने भएको छ ।

२ असार २०७४, शुक्रबार २१:३८मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *