जनता टाइम्स

२० मंसिर २०७६, शुक्रबार ०९:२४

यौन शोषण आरोपमा छानविनमा तानिए एसएसपी


काठमाडौं, मंसिर २० । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणामाथि आवश्यक अनुसन्धान गरी कारबाही अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ । संघीय प्रहरी इकाइ धरानमा कार्यरत एएसपी राणामाथि यौन शोषणको आरोप लागेपछि अनुसन्धान गरी कारबाही गर्न मंगलबार प्रहरी प्रधान कार्यालयलाई गृहले पत्र पठाएको हो ।

एसएसपी राणाबिरुद्ध धरानकै एक महिलाले गृह मन्त्रालयमा उजुरी दिएपछि अनुसन्धान गर्न भनिएको हो । उजुरीमा ती महिलाले राणाले आफूलाई ‘यौन शोषण’ गरेको आरोप लगाएकी छिन्। कात्तिकको अन्तिम साता ती महिला उजुरी लिएर गृह मन्त्रालय पुगेकी थिइन्। राणा पहिलोपटक सुनसरी जिल्लाका प्रहरी उपरीक्षक (एसपी)मा कार्यरत रहँदादेखि नै आफूसँग चिनजान र सम्बन्ध भएको देखिएको छ । राणा २०६९ सालमा सुनसरी प्रहरी प्रमुख शुनुशुन्थ्यो ।