जनता टाइम्स

२० मंसिर २०७६, शुक्रबार १०:०७

डा. बलात्कार र हत्याकाण्ड : जहा बलात्कार त्यही इन्काउन्टर, पुलिसको हुदैछ जयजयकार


काठमाडौं, मंसिर २०

भारतको हैदरावादमा डाक्टरको बलात्कारपछि जिउदै जलाउने चार जनालाई प्रहरीले इन्काउटर गरेर मारिदिएको छ । बलात्कार र हत्याकाण्डमा हैदरावाद प्रहरीले गरेको यो कार्यको जनतामाझ वाहीवाही पाएको छ ।

कुख्यात बलात्कार काण्डमा समातिएका चार जना अभियुक्तहरुलाई बुधबार प्रहरी हिरासतमै राखिएको थियो । तर बिहबार राति महिला चिकित्सक जलाइएकै स्थानमा लगेर उनीहरुलाई घटनाका बारेमा सदृश्य बताउन लगिएको थियो । सोही स्थानबाट भाग्न खोजेपछि प्रहरीले चारै जनालाई इन्काउन्टर गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हैदराबाददेखि करिब ५० किलोमिटर टाढा पर्ने महबूब नगरस्थित चटनपल्ली गाउँमा बलात्कार एवं हत्यामा संलग्न अभियुक्तहरुलाई तेलङ्गना प्रहरीले गोली ठोकेको हो । आफुहरुमाथि नै आक्रमण प्रयास गरेपछि प्रतिकार गर्दा अभियुक्तहरु मारिएको प्रहरीले दाबी गरेको छ । उनिहरु चारै जनालाई हत्थकडी नलगाई घटनाका बारेमा बताउन त्यहा लगिएको थियो ।

२८ नोभेम्बरका दिन हैदराबादमा जलाएर हत्या गरिएको अवस्थामा २६ वर्षीय महिला चिकित्सकको शव बरामद गरिएको थियो । अनुसन्धानका क्रममा ती महिलामाथि बलात्कार समेत भएको पत्ता लागेको थियो । यो घटनापश्चात संदिग्धहरुलाई गिरफ्तार गरी १४ दिनसम्म न्यायिक हिरासतमा राखिएको थियो । न्यायिक हिरासतबाट बुझाएलगत्तै प्रहरीले चारै जनालाई इन्काउन्टरमा मारिदिएको हो ।