जनता टाइम्स

२० मंसिर २०७६, शुक्रबार १०:२५

ललितपुरमा भएको दुर्घटनामा २ जनाको मृत्यु


काठमाडौं, मंसिर २०

ललितपुरको कुसुन्तीमा हिजो बेलुकी विग्रीएर रोकी राखेको टिपरमा स्कुटर ठोकिदा स्कुटरमा सवार दुबै जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक मुगु घर भएका अन्दाजी २५ वर्षिय पावल साउद र पछाडी सवार ललितपुरको ग्वार्को बस्दै आएका झापाकी १६ वर्षिया प्रतिमा केसी रहेका छन् ।

गम्भीर घाइते भएका दुबै जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यातायात व्यवस्था कार्यालय अगाडी विग्रिएर पार्किङ गरी राखेको ना ८ ख २८२६ नम्बरको टिपरमा बा ८७ प २२८५ नम्बरको स्कुटर हिजो बेलुकी पौने ८ बजे ठोकिन पुगेको महानगरीय प्रहरी वृत सातदोबाटोले जनाएको छ ।