जनता टाइम्स

२० मंसिर २०७६, शुक्रबार १८:०६

नेकपाका महासचिव पौडेलले छुट्टयाए पूर्वाधार विकासको सबै रकम शिक्षामा (सूचीसहित)


काठमाडौं, मंसिर २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सम्पूर्ण बजेट शिक्षा क्षेत्रका लागि छुट्याउनुभएको छ । रुपन्देही क्षेत्र नम्बर २ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड रुपैयाँ सवै शिक्षामा लगानी गर्नुभएको हो ।

रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको संयोजकत्वमा रहने कार्यक्रम निर्देशक समितिका संयोजक तथा सांसद पूर्वअर्थमन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकले १२ वटा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा रकम खर्च गर्ने निर्णय गरेको पौडेलका स्वकीय सचिव यमराज पाण्डेयले जानकारी दिनुभयो । पौडेलले यसअघि मृत्युमार्ग भनेर चिनिएको बुटवलको शिद्धबावामा सुरुङ्गमार्ग निमार्णको लागी पहल गरेर यस क्षेत्रका जनतालाई राहत दिलाउनु भएको हो ।

पौडेलले यो वर्ष उक्त कार्यक्रम अन्र्तगत १२ वटा विद्यालयहरुलाई राहत मिलेको छ । रूपन्देहीको तिलोत्तमा–४ को जनज्योति मावि, बुटवल–११ को नविन औद्योगिक केदारबहादुर रिता मावि, तिलोत्तमा–६ पश्चिम पाहुनी मावि तिलोत्तमा–६ को गिर्वाण संस्कृति मावि, तिलोत्तमा–२ को जनजागृति मावि, सिद्धेश्वर लालकुमारी माविलाई ५०–५० लाख रूपैयाँ रकम विनियोजन भएको हो ।