जनता टाइम्स

२२ मंसिर २०७६, आईतवार ०७:१६

लिभरपुलको अपराजित यात्रा कायमै, एएफसी बर्नमाउथ ३–० गोल अन्तरले पराजीत


काठमाडौं, मंसिर २२ ।  इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले एएफसी बर्नमाउथमाथि ३–० गोल अन्तरको जित दर्ता गरेको छ । जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलको ४६ अंक रहेको छ ।

दोस्रो स्थानमा रहेको लेस्टर सिटीको ३५ अंक छ । बर्नमाउथको मैदानमा लिभरपुलले ३५ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि चेम्बरलिनले हेन्डरसनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा मोहम्मद सलाहको पासमा नेवि केइटाले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा २ गोल गरेको लिभरपुलले दोस्रो हाफमा १ गोल थपेको थियो । ५४ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३–० ले अगाडि बढाए । त्यसपछि थप गोल नभएपछि लिभरपुल ३–० ले विजयी हुँदै अपराजित यात्रा कायमै राख्न सफल भयो ।