जनता टाइम्स

२८ बैशाख २०७६, शनिबार १२:१५

नाका बन्द भएपछि सिमामा सास्ती


वीरगन्जको सिमावर्ती भारतीय सहर रक्सैलको नाका शनिवारदेखी बन्द भएको छ । भारतमा भईरहेको आम निर्वाचनका कारण नाका बन्द भएको हो ।

नाका बन्दभएपछि पैदल आवतजावत गर्नेहरुलाई अहिले भारतीय सुरक्षाकर्मीले जाँच गर्दैछ । भारतको विहारमा आइतबार हुन गइरहेको लोकसाभा छैटौँ चरणको निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न नेपाल–भारतबीचमा पर्ने बारा, पर्साको सबै नाकालाई तीन दिनको लागि बन्द गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।