जनता टाइम्स

२८ बैशाख २०७६, शनिबार १७:१०

प्रधानमन्त्री ओलीलाई भियतनाममा उच्च सम्मान


भियतनाम भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भियतनाम सरकारले विशेष सैन्य परेड सहितको सम्मान गरेको छ । समकक्षी न्युग्यन जुयान फुकले प्रधानमन्त्री ओलीलाई राजधानी हानोई स्थित राष्ट्रपति कार्यालयमा विशेष सम्मान गर्नुभएको हो ।

विहान स्वागतका क्रममा दुई मुलुकका प्रधानमन्त्रीबीच भेटवार्ता भएपनि औपचारिक भेटवार्ता भने दिउँसो भएको थियो । चार दिने भ्रमणका लागि भियतनाममा रहनु भएका प्रधानमन्त्री ओली र भियतनामका समकक्षी फुकबीच सहमति पत्रमा हस्ताक्षर हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोन उनबीचको शिखर वार्तापछि चर्चामा रहेको हानोईमा पहिलो पटक नेपाल र भियतनामबीच विभिन्न सहमति पत्रमा हस्ताक्षर समेत भएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमण सम्बन्ध बिस्तारमा केन्द्रित हुने भएपनि समझदारी सिधा हवाई सम्पर्क विस्तार, प्रवेशाज्ञा, व्यापार तथा लगानी प्रवद्र्धन र द्विपक्षीय नियमित परामर्शका लागि संयन्त्र निर्माणमा सहमति भएको छ । संयुक्त पत्रकार सम्मेलन गरी दुवै मुलुकका कार्यकारी प्रमुखले सहमति पत्रबारे जानकारी गराउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सहमति पत्रमा हस्ताक्षर पछि कम्बोडियाको औपचारिक भ्रमणका कार्यक्रमहरु सकिनेछन् । सोमबारबाट कम्बोडियाको भ्रमणमा जानुहुने प्रधानमन्त्री त्यतैबाट बुधबार काठमाडौं फर्कनुहुनेछ ।