जनता टाइम्स

२८ बैशाख २०७६, शनिबार २०:१५

देशलाई अघि बढाउन सबै राजनीतिक दललाई समेटेर लैजानुपर्छ : माधव नेपाल


सिन्धुपाल्चोक, बैशाख २८

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले देशलाई अघि बढाउन एक्लैले नसकिने हुँदा त्यसका लागि सबै राजनीतिक पार्टीलाई समेटेर लैजानुपर्ने बताउनुभएको छ ।

सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाको ठूलो पाखरस्थित ककलिङ हरिसिद्धि क्याम्पसको स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका बरिष्ठ नेता नेपालले सो धारणा राख्नुभएको हो ।

उहाँले प्राविधिक शिक्षामा जोड दिनुपर्नै आवश्यकतासमेत औल्याउनु भयो । सो अवसरमा प्रदेश नं ३ का वन, वातावरण, उद्योग तथा पर्यटनमन्त्री अरुण नेपालले जिल्लालाई शैक्षिक क्षेत्रको विकासका साथै पर्यटन प्रवद्र्धनमा पनि अगाडि बढाउनुपर्ने बताउनुभयो ।

क्याम्पस सञ्चालन समितिका अध्यक्ष शम्शेर शाक्यको सभापतित्वमा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले शैक्षिक क्षेत्रको सुधारको बारेमा धारणा राख्नुभएको थियो ।