जनता टाइम्स

२९ बैशाख २०७६, आईतवार ११:१४

शेयर लगानीकर्ताको लागि पोखरामा तालिम


पोखरा, बैशाख २९

एकाडेमिया कन्सल्टिङ सर्भिस प्रा.लिले एक दिने सेयर तालिम सम्पन्न गरेको छ । शेयरबजारका लगानिकर्ता तथा शेयर बजारमा प्रवेश गर्न चाहाने तथा करिब ८० जनाको सहभागितामा कर्यक्रम सम्पन्न भएको हो ।

शेयर बजारको परिचय, प्राथमिक बजार, देस्रो बजार, कम्पनीको परिचय, शेयर खरिद बिक्री गर्ने प्रक्रिया, अनलाईन ट्रेडिङ, शेयर बजारका फाइदा तथा जोखिम , वित्तिय प्रतिवेदनका सुचकको जानकारी लगाएतका कुरा सहभागिलाई सिकाइएको कम्पनीका सिइओ कृष्ण प्रसाद भट्टराईले बताउनुभयो ।

तीन सेसनमा विभाजन गरि सञ्चालित कार्यक्रमको पहिलो सेसनमा शेयर बजारको परिचय, प्राथमिक र देस्रो बजारका फाईदा तथा जोखिम, सेयर किन्दा कम्पनीको बारेमा के के जानकारी हुनुपर्छ, प्रशिक्षक सुदिप घिमिरेले प्रस्तुति दिनु भयो । दोस्रो सेसनमा कम्पनीको आधारभुत विश्लेषण , बजारमा अपनाउनु पर्ने रणनिति, वित्तिय प्रतिवेदन सुचकको जानकारी लगाएतका विषयमा दिपक भुर्तेलको प्रस्तुति थियो । साथै शेयरको बिगत, बर्तमानका बारेमा प्रशिक्षक मनोज पौडेलले जानकारी दिनुभयो ।

शेयर सम्बन्धी सर्वसाधरणको जनचेतनामा वृद्धिको लागि भविष्यमा पनि सेयर सम्बन्धी अन्य कार्यक्रम आयोजना गर्ने कम्पनीका सिइओ कृष्ण प्रसाद भट्टराईले बताउनु भयो ।