जनता टाइम्स

४ पुष २०७६, शुक्रबार १६:४६

२४ एसपीको सरुवा : चितवनमा गंगा पन्त, झापाका कोइराला (को कहाँ पुगे ? सूचीसहित)


काठमाडौं, पुस ४ । प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरिक्षक (एसपी) को सरुवा गरेको छ। सरुवा सुची अनुसार जिल्ला प्रहरी कार्यलय चितवनमा गंगा पन्तको सरुवा भएको छ।

चितवनका एसपी दानबहादुर मल्ललाई अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा गार्डमा सरुवा भएको छ भने बिमानस्थल सुरक्षा गार्डका कृष्ण कोइरालाको झापा प्रहरी प्रमुखमा सरुवा भएको छ।

त्यस्तै धनुषामा रमेशकुमार बस्नेत, कंचनपुरमा मुकुन्द मरासनी र रौतहटमा रवीराज खड्काको सरुबा भएको छ। अपराध महाशाखाका एसपी सुशिलसिंह राठौर मकवानपुर पुगेका छन् भने रन्जु सिग्देललाई सिन्धुली पठाइएको छ।