जनता टाइम्स

५ पुष २०७६, शनिबार ११:११

नेकपाको स्थायी कमिटीमा अध्यक्ष प्रचण्डले जवाफ दिदै, आजै राजनीतिक प्रतिवेदन पारित हुने


काठमाडौं, पुष ५

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिदैँ हुनुहुन्छ । ५ दिनयता जारी स्थायी समिति बैठकको शुरुमा महासचिव बिष्णु पौडेलले आफ्ना भनाई राख्नुहुनेछ ।

पार्टी कार्यालय धुम्बाराहीमा अहिले विहान बस्ने बैठकमा महासचिवको भनाईपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अमेरिकी विकास नियोग एमसीसी, भारतसंगको सीमा विवाद सम्वन्धमा समेत स्थायी कमिटीमा सदस्यहरुले धारणा राखेका छन् ।

अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमै पार्टीमा गुट उपगुट झाँङ्गिदा समग्र पार्टी र सरकार संचालन प्रक्रीयामा नै असर परेको उल्लेख छ । बैठकमा बोल्ने अधिकांश सदस्यहरुले भने नेतृत्वबाटै गुट–उपगुटको अन्त्य हुनुपर्ने बेताएका छन् । स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले राजनीतिक र महासचिव पौडेलले विधान संशोधन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष दाहाल र महासचिव पौडेलले बोलिसकेपछि प्रतिवेदन पारित हुने छ ।