जनता टाइम्स

६ पुष २०७६, आईतवार १७:२२

सुनसरीमा एसएलआरसहित दश हजार भन्दा बढी गोली बरामद


सुनसरी, पुस ६ । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थित एकता टोलबाट अत्याधुनिक हतियार एसएलआरसहित दश हजार भन्दा बढी गोली बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको बिशेष टोलीले भरौलमा आज सो परिमाणको हतियार र गोली बरामद गरेको हो ।

प्रहरीका अनुसार भरौलमा स्थानीयको कुखुराको खोरमा जमिन मुनि गाढेर राखेको अवस्थामा उक्त हतियासहित ठूलो परिणाममा गोली बरामद भएको हो । गोली र हतियार जमिन मुनि राखिएको गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा हतियार र गोली बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिनुभएको छ ।

ठूलो परिणाममा गोली र अत्याधुनिक हतियार बरामद गरेपछि भरौलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । प्रहरीले यसअघि पनि धरानबाट एकथान एसएलआर र एकथान एम १६ हतियारसहित विप्लव कार्यकर्तालाई पक्राउ गरेको थियो ।