जनता टाइम्स

२९ बैशाख २०७६, आईतवार १२:३९

चिलीमा बस दुर्घटना, ६ को मृत्यु, ३० घाइते


सान्टियागो, बैशाख २९

दक्षिण अमेरिकी राष्ट्र चिलीमा भएको बस दुर्घटनामा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अरु ३० जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार पुलम्यान कम्पनीको उक्त बस स्थानीय समय अनुसार शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनाको कारण अझै थाहा नभएको कम्पनीका व्यवस्थापक जोजे सिल्भाले जानकारी दिनुभयो । उक्त बस पुर्टो भारासतर्फ गइरहेको थियो । बसमा करिब ५२ जना यात्रु सवार थिए । प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान थालेको छ ।