जनता टाइम्स

७ पुष २०७६, सोमबार १०:१४

यौन व्यवसायीका आफ्नै इलाका, मासिक डेढ लाख , उनले वियरको घुट्को तान्दै भनिन्


काठमाडौंका सडकमा ग्राहक खोज्दै हिँड्ने यौ’नकर्मी महिलाहरू हरेकजसो साँझमा भेटिनु नयाँ होइन । यौ’नकर्म उनीहरूको रहर हो कि बाध्यता, अनुमान गर्न मुस्किल छ । तर उनीहरूमध्ये धेरैैको भनाइलाई मान्ने हो भने यो पेसा उनीहरूको रहर नभएर बाध्यता हो ।

दुर्गम गाउँबाट राजधानी शहर आएर राम्रो कमाएर सुखी जिन्दगी बाँच्छु भनेर आएका युवती तथा महिलाहरू यहाँ आइसकेपछिको यथार्थ र पारिवारिक–आर्थिक समस्या भएपछि यौ’न व्यवसायमा लागेका पाइन्छ ।

महिनामा डेढ लाख कमाइ

यौन पेसा गर्नेको संख्या प्रत्येक वर्ष बढेको विभिन्न तथ्याङ्कहरू बाहिर आउने गरेका छन् । यस विषयमा यौ’नकर्मीहरूको कुरा सुन्दा सुरुमा उनीहरूले बाध्यताको कुरा गरे पनि खास रहर नै भन्ने बुझिन्छ । यौ’नकर्मीहरूको भनाइलाई आधार मान्ने हो भने सडकमा ग्राहक खोज्नेको मासिक डेढ लाख रुपैयाँसम्म कमाइ हुने गरेको छ । दिनमा चार जनासम्म ग्राहक उनीहरूका लागि सामान्य हो ।

यौ’नकर्मीका अनुसार इज्जत नभएर मात्र हो, कमाइ भने निकै राम्रो छ । ‘यत्रो कमाइ भएपछि किन दिनभर पसिना बगाउने, किन विदेश जाने, होइन रु’, उनले वियरको घुट्को तान्दै भनिन् ।

शारीरिक सन्तुष्टि

काठमाडौंको नयाँ बसपार्कमा बस्ने एक यौ’नकर्मी महिलासँग कुरा गर्न खोज्दा उनी बोल्न चाहिनन् । उनकै सिफारिसमा अर्कीसँग कुराकानी गर्ने मिति र स्थान भने तय भयो । उनीसँगको भेटमा कुराकानीको सुरुवातमै भनिन्, ‘मलाई सबैले हेला गरे । म घर र माइतीबाट अपहेलित भएकाले यस पेसामा लागेकी हुँ । मेरो नाम दिए पनि केही हुन्न ।’ उनी निर्धक्क कुराकानी गर्न राजी भइन् । ‘फ्रिमा के कुरा गर्नु रु वियर त खुवाउनु’ भनेपछि मैले वियर मगाएँ । उनी वियर खाँदै कुराकानीमा अगाडि बढिन् ।

उनले कुराकानीको सुरुमै यौ’नकर्म आफ्नो रहर नभएको, बाध्यताले मात्र गर्नुपरेको बताइन् । बाध्यताले सन्तान र आफ्नो पेटपालनका लागि सबैभन्दा छिटो पैसा कमाउने पेसा भनेर काठमाडौं छिरेकी रहिछन् उनी । गुजारा चलाउन मुस्किल भएर पैसाका लागि यस्तो पेसामा आउन बाध्य भए पनि आफूलाई यौ’न सन्तुष्टि पनि हुने गरेको उनले बताइन् । उनले भनिन्, ‘छोरा मान्छेले महिनावारीको बेला पनि पैसा तिरिहाल्छन् । तर मलाई सन्तुष्टि नहुने भएकाले महिनावारी भएको बेला भने ग्राहक खोज्दिनँ ।’

आफू सन्तुष्ट पनि हुने र पैसा कमाउन पनि पाइने भए पनि प्रहरीसँग भागेर यौ’न पेसा गरिरहनुपरेको उनको भनाइ थियो । उनका अनुसार रेड लाइट एरिया भए ढुक्कले व्यवसाय गर्न सकिन्थ्यो ।

यौनकर्मीको आफ्नै इलाका

रत्नपार्ककी एक यौ’नकर्मी नयाँ बसपार्क एरिया गइन् । नयाँ बसपार्क जानुको कारण भने त्यहाँ बढी मानिसको चाप भएकाले ग्राहक पाउन सहज हुनेरहेछ । एउटा समूह आएर उनलाई सोध्न थाल्यो, ‘कहाँबाट आइस् रु किन आइस् रु तेरो इलाका यो हो रु’ उनलाई विभिन्न अपशब्द प्रयोग गरे उनीहरूले । उनलाई थाहा थियो, आफ्नो इलाका नभएकाले त्यहाँ जोगिनुपर्छ भनेर ।

उनीमाथि विभिन्न आरोप र अपशब्द रोकिएनन् । उनले पनि ‘तेरो मात्र अधिकार चल्दैन । यो सार्वजनिक ठाउँ हो’ मात्र के भनेकी थिइन्, उनीमाथि हातपात सुरु भयो । उनको कपाल लुछ्ने काम भयो । उनीहरू ४–५ जनाको समूह भएकाले उनी एक्लैले केही गर्न सक्ने कुरा भएन । धेरै कु’टाइ खाएको बताइन् उनले । यसैबीच प्रहरी सिटी फुक्दै आएपछि भने उनको ज्या’न बचेको उनले बताइन् ।