जनता टाइम्स

७ पुष २०७६, सोमबार १०:२३

चावहिल दुर्घटना अपडेट : घाइते छात्राको मृत्यु


काठमाडौं, पुस ७ । बसको ठक्करबाट गम्भीर घाइते भएकी चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसकी छात्रा सृष्टि पन्तको उपचारको क्रममा मृत्यु भएको छ ।

आज बिहान बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट घाइते भएकी चाबहिल क्याम्पसमा बिबिएस पढ्दै गरेकी २१ वर्षीया छात्रा पन्तको केहीबेर अघि मृत्यु भएको हो । बाटोमा हिँडिरहेको बेला बसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पन्तलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो । उपचारका क्रममा पन्तको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

बसले ठक्कर दिएपछि क्याम्पसका विद्यार्थी आक्रोशित भई बसमा आगो लगाइदिएका थिए । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।