जनता टाइम्स

७ पुष २०७६, सोमबार १९:१३

कर्तव्य ज्यान मुद्धाको फरार प्रतिवादी ३० बर्षपछि पक्राउ


सिरहा, पुस ७ गते । मुद्धाको फरार प्रतिवादीलाई सिरहा प्रहरीले ३० बर्षपछि पक्राउ गरेको छ । सिरहा जिल्लास्थित सिरहा नगरपालिका वडा नं. २० लगडिगदियानी घर भएको फरार प्रतिवादी बर्ष ६८ को हिरवा सहनीलाई पक्राउ गरेको हो । पक्राउ परेका सहनीलाई कैद भुक्तानका लागि सिरहा जिल्ला कारागारमा बुझाइएको प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले बताउनुभयो । कैद भुक्तान गर्नुपर्ने डरले फरार सहनीलाई लुकीछिपि बसेको अवस्था आफ्नै गाउँबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक चतुर्वेदीले बताउनुभयो ।

फरक फरक मितिमा तीन जनालाई हत्या गरेको अभियोगमा सहनीलाई जिल्ला अदालत सिरहाको २०६० माघ २८ गते आदेशले दुई वटा मुद्धाको १० र २० बर्ष गरी जम्मा ३० बर्ष कैद सजाय तोकेको थियो ।

जिल्लाको साविक कृष्णपुर वडा नं. ८ हाल अर्नमा गाउँपालिका वडा नं. ५ घर भएको राम नाथ यादव र रामचन्द्र यादवलाई २०४४ पुस १३ गते गोली हानी हत्या गरेको थियो ।

दुई दाजुभाईको हत्या पछि सहनीले जाहेरवालाको ५/६ महिनाको नातिनीलाई समेत अपहरण गरी सिरहाकै गागन खोलामा हत्या गरी फालेका थिए । बालिकाको मृत शरिर २०४४ पुस १७ गते गागन खोलामा फेला परेको थियो ।