जनता टाइम्स

८ पुष २०७६, मंगलवार १३:१५

झारखण्डमा नरेन्द्र मोदीको भाजपा किन भयो शर्मनाक पराजय ? यस्तो छ कारण


काठमाडौं, पुस ८ । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले पूर्वी राज्य झारखण्डमा भएको विधानसभा चुनावमा नराम्रोसँग पराजय ब्यहोरेको छ । नागरिकताबिरोधी कानूनलाई लिएर दिल्लीमा प्रदर्शन भइरहेको बेला झारखण्डमा भएको विधानसभा निर्वाचनमा भारतीय नेसनल काँग्रेस, झारखण्ड मुक्ति मोर्चा (झामुमो) र राष्ट्रिय जनता दल (आरजेडी) सम्मिलित गठबन्धनले १७ बर्षदेखिको भाजपाको गढ तोडदै सुविधाजनक बहुमत प्राप्त गरेको छ ।

८१ सदस्यीय विधानसभामा गठबन्धनले ४७ सिट जितेको हो। झारखण्ड भारतको राज्य बनेको १९ वर्षमा अधिकांश समय भारतीय जनता पार्टीले सत्ता सम्हालेको थियो । निर्वाचनमा भाजपा २५ सीटमा सिमि तबनेको छ । सरकारले ल्याएको नागरिकता सम्बन्धी नयाँ कानुनविरुद्ध देशव्यापी रूपमा जारी विरोधकाबीच मतदान भएको र भाजपाका हार भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन । केन्द्रमा भारी बहुमतसहित सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा) झारखण्डमा भने दोस्रो ठूलो दलमा सीमित हुनपरेको हो ।

झारखण्डमा भाजपाको नेतृत्व गरिरहेका मुख्यमन्त्री रघुबर दाससमेत पराजीत हुनुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत केन्द्रीय नेताहरूको विश्वासपात्र मानिएका झारखण्डका मुख्यमन्त्री रघुबर दास आफैले चुनाव जित्न नसक्नुभएको हो । २००० नोभेम्बरमा झारखण्ड राज्य स्थापना भए यता पहिलो पटक पाँच वर्षे कार्यकाल पूरा गर्नुभएका मुख्यमन्त्री दासलाई स्वतन्त्र उम्मेदवार सरयु रोयले पराजित गर्नुभएको हो । निर्वाचन परिणाम आफ्नो पक्षमा आएपछि गठबन्धनले नयाँ सरकार गठनको तयारी सुरु गरिसकेको छ । झामुमो अध्यक्ष शिवु सोरेनको घरमा आजै पार्टी विधायक दलको बैठक बोलाउनुभएको छ ।