Untitled Document

भक्तपुर सांगीतिक समाजले गर्यो लोक गायक बुद्धिकृष्ण लामिछाने र वरिष्ठ संगीतकर्मी रोशन कुमार राजभण्डारीलाई सम्मान

भक्तपुर, १३ जेठ

बरिष्ठ सङीतज्ञ तथा गोल्डेन भोइस अफ नेपाल प्रेम ध्वज प्रधानको प्रमुख आतित्थ्यमा लोक गायक बुद्धिकृष्ण लामिछाने र वरिष्ठ संगीतकर्मी रोशन कुमार राजभण्डारीको सम्मानका साथ भक्तपुर सांगीतिक समाजले आफ्नो प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

आफ्नो साधारण सभाको अवसर पारेर शनिबार नेपाली लोक गीत गायन तथा संकलनको माध्यमबाट नेपाली गीत सङीतलाई अन्तरास्ट्रिय क्षेत्रसम्म पुर्याउन सफल गायक लामिछाने र आफ्नो सङित सृजनामा जीवन अर्पण गरि नयाँ पुस्तालाई सङितप्रती अभीप्रेरित गर्नु हुने वरिष्ठ संगीतकर्मी रोशन राजभण्डारीलाई वहाँहरुको योगदानको स्वरुप सम्मान गरिएको हो। ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’,‘पिंढीमा बसेर, मेरी आमा कुर्दिहुन् मलाई सम्झेर’ बाखरी बाखरी ,जस्ता लोकप्रिय गीत गाएका लामिछाने र भक्तपुरका वरिष्ठ संगीतकर्मी राजभण्डारीलाई समाजको तर्फबाट वरिष्ठ गायक प्रेमध्वज प्रधानले सुशील चालिसे साहित्य सङीत सम्मान २०७५ अन्तर्गत १०,००० को चेक दुबै स्रस्टाहरुलाई प्रदान गरिएको थियो।

सोही अवसरमा लोक गायक लामिछानेलाई माया गर्ने नेपाल मोबाइल बिक्रेता सघका अध्यक्ष दिनेश चुल्यद्योबाट ५,००० प्रदान गर्ने घोषणा गर्नु भयो भने उक्त सम्मानका साथै लोक गायक लामिछानेलाई कार्यक्रममा सहभागी विद्युतीय सामग्री व्यवसायी रोशन भोयद्यो र रुकेश रञ्जितले सयुक्त रुपमा थप पाँच हजार नगद पुरस्कार दिनुभयो।

कार्यक्रममा लोक गायक लामिछानेको सम्मानमा गायक रोशन धौभडेलले लामिछानेका तीनवटा गीत प्रस्तुत गर्नुभयो। त्यस्तै रोशन कुमार राजभण्डारीको सम्मान स्वरुप उहाँले संगीत भर्नु भएको एउटा गीत दृष्टि सुवेदीले आफ्नो आवाजमा गाएर सुनाउनुभयो । कार्यक्रमका प्रमुख अतिथि प्रेमध्वज प्रधानको सम्मानमा कपिल कसपालले प्रधानको एउटा गीत गाएका थिए।

उक्त अवसरमा वरिष्ठ गायक प्रधानले आफूहरुको जमानामा भन्दा अहिले गीत संगीतको क्षेत्रमा प्राविधिक रुपले धेरै सजिलो भएको बताए। तैपनि गीत संगीतमा साधना अति आवश्यक भएको उहाँको भनाइ थियो। ‘गायकले आफ्नो एउटा गीत गाउँदा अरुको तीनवटा गीत सुन्नुपर्छ’, वरिष्ठ गायक प्रधानले भन्नुभयो, ‘गायकले आफ्नो गलालाई निखार्न दैनिक रियाज गर्न भुल्नुहुन्न।’

कार्यक्रम को थप आकर्षणमा स्थानीय शिक्षासेवी शिवप्रसाद मुनंकर्मीले भक्तपुरका गायक गायिकालाई सम्मान गर्न अक्षयकोष स्थापनाको लागि भक्तपुर सांगीतिक समाजलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे।

कार्यक्रम चागु नारायण नगर प्रमुख सोम मिश्रको विशेष आतिथ्य तथा प्रहरी प्रभाग भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठ , भक्तपुर उद्योग वाणिज्य संघ का सचिव राजु मृगेन्द्र जोशी, नेपाल मोबाइल ब्यबसायी सघका अध्यक्ष दिनेश चुल्याध्यो , नेपाल तयारी पोशाक उत्पादन ब्यबसायि सघ का अध्यक्ष राम कृष्ण श्रेष्ठ ,भक्तपुर बिद्युतीय सामाग्री ब्यबसायी सघका अध्यक्ष पुण्यराम खाताखो, भक्तपुर सहित्यिक समाजका अध्यक्ष राजुराम मुनन्कर्मी, लगायत समाज सेवि, पेसाकर्मी, सङितकर्मि , प्रमुख अतिथी तथा सम्मानित ब्याक्तित्वलाई माया गर्ने सङित प्रेमीहरुको उपस्थिती थियो।

सोही अवसर पारेर समाजले पुस मा आयोजना गरेको नारायण गोपाल स्मृति साझ २०७४ लाई सफल पार्न सहयोग गर्नु हुने बिभिन्न सघ सनस्था लाई मायाको चिनो साथै समाज ले बिगतमा आयोजना गरेको कार्यक्रमका संयोजकहरुलाई कदर पत्र प्रदान गर्नुका साथै सम्पुर्ण आजिबन सदस्यहरुलाई प्रमुख अतिथीको हातबाट आजिबन सदस्यताको प्रमाण पत्र बितरण गरिएको थियो।

साधारणसभाले अध्यक्ष प्रबिन शाहीको नेतृत्वमा तेह्र सदस्यीय नयाँ कार्य समितीको समेत चयन गरेको छ। कार्यक्रममा शम्भोचरण राजभण्डारीले उद्घोषकको जिम्मेवारी सम्हाल्नु भएको थियो भने सुमन रन्जितकारको स्वागत मन्तब्यबाट कार्यक्रमको सुरुवात गर्नुभएको थियो। सचिब अल्बर्ट बज्राचार्य तथा कोषाध्यक्ष रोशन धौभडेललेआ आफ्नो प्रतिबेदन पेश गर्नु भएको थियो।

May 27, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *