जनता टाइम्स

२९ बैशाख २०७६, आईतवार १६:११

मलेसियाको चर्चित ब्राण्ड १०० प्लस नेपालमा, किरण चेम्जुङ ब्राण्ड एम्बेसडर


 

काठमाण्डौं, बैशाख २९
सारा ग्रुपले मलेसियाको नम्बर बान आइसोटनिक ड्रिक १०० प्लस नेपालमा भित्राएको छ । मलेसिया र सिंगापुरमा लोकप्रिय रहेको १०० प्लस आइतबार नेपालमा सार्वजानिक गरेको हो ।

मलेसियाको एफ एन्ड एन कम्पनीको मुख्य उत्पादनमा रहेको १०० प्लसले मलेसिया , थाइल्याण्ड र सिंगापुरका साथै यसका आसपासका अन्य मुलुकहरुमा पनि बजार विस्तार गरिसकेको छ ।

१०० प्लसको नेपालमा सारा ग्रुपका प्रबन्ध निर्देशक दीपक केसी, १०० प्लस मलेसियाका म्यानेजर च्याङ् जेसी, ब्राण्ड म्यानेजर बाइ यीन, नेपाली राष्ट्रिय फुटबल खेलाडि किसण चेम्जोङ, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सार्वजनिक गरे ।


सोही अवसरमा नेपालका राष्ट्रिय खेलाडि किरण चेम्जोङलाई १०० प्लस नेपालको ब्राण्ड एम्बेसडर नियुक्तको सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

मलेसिया, थाइल्याण्ड, सिंगापुर लगाएतका मुलुकमा लोकप्रिय रहेको १०० प्लस नेपाली बजारमा पनि चाँडै स्थापित हुने निर्देशक केसीले बताउनु भयो । ‘नेपाली बजारमा धेरै थारि बेजरेज भएपनि यसको स्वाद र गुणस्तरले नेपाली उपभोक्ताको मन चाँडै जित्छ ।’ उहाँले भन्नुभयो ।

सारा ग्रुपले १०० प्लस ओरिजनल पछि यसका थप अरु उत्पादन पनि नेपाली बजारमा भित्राउने तयारी गरेको बताएको छ ।