जनता टाइम्स

२९ बैशाख २०७६, आईतवार २०:३९

एनआरएनए अमेरिका निर्वाचन : सूर्य लम्साल टीमको एकै दिन दुई कार्यक्रम


अमेरिका, बैशाख २९

गैर आवासीय संघ (एनआरएनए) अमेरिकाको आगामी मे १८ र १९ मा हुन गइरहेको निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेद्वारहरु चुनावी अभियानलाई तीब्रता दिन थालेका छन । निर्वाचन मिति नजिकिएसँगै अध्यक्षका तीनै जना प्रत्यासीहरुले मतदाताको मन जित्ने प्रयाशमा छन ।

यही क्रममा अध्यक्षका उम्मेद्वार सूर्य लम्सालको समुहले आज एकै दिन अपरान्ह र साँझ दुई शहरमा आफ्नो चुनावी योजनासहित मतदाता भेटन लाग्नुभएको छ । लम्साल समुहले आज भर्जिनिया र बाल्टिमोरमा कार्यक्रम राखेको हो ।अध्यक्षका प्रत्यासी लम्सालको टीममा बरिष्ठ उपाध्यक्ष अमृत सापकोटा, उपाध्यक्षहरुमा महेश मल्ल, नर्थइष्ट, थलराज पन्त साउथइष्ट हुनुहुन्छ ।

यसैगरी महासचिवमा अञ्जानकुमार चौलागाई, सचिवमा भानु खरेल, कोषाध्यक्षमा रविन बज्राचार्य र युथ कोअर्डिनेटरमा पृतम कुसियत लम्साल टीमका उम्मेद्वार रहनुभएको छ । ‘एनआरएनए अमेरिकालाई सवल, सक्षम र आर्थिक पारदर्सी संस्थाको रुपमा बिकाश गर्नका लागि हामी मतदातासँग अपिल गरिरहेका छौं, सवैतिरको रेस्पोन्स हेर्दा जित्ने अवस्थामा पुगेका छौं,’ कोषाध्यक्षका उम्मेद्वार रविन बज्राचार्यले जनताटाइम्ससँग भन्नुभयो ।

उहाँले आउँदै गरेको चुनावमा आफूलाई मतदान गरी अत्याधिक मतले बिजयी गराउन एनआरएनएका मतदातालाई अपिलसमेत गर्नुभयो । बज्राचार्यले मतदातासामु भन्नुभयो, ‘आउनुहोस हामी सबै मिलेर एनआरएनएलाई राम्रो, पारदर्शी र हामी सबैको साझा संस्था बनाऔं ।’