Untitled Document

बाजुराको छेढेदहमा कांग्रेस-एमालेबीच झडपमा एकको मृत्यु

बाजुरा । दोस्रो चरण निर्वाचनको लागि मनोनयन दार्ता गर्ने क्रममा बाजुराको डोगडीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा एकको मृत्यु भएको भने एक दर्जनबढी कार्यकर्ता घाईते भएका छन् ।

निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्ने क्रममा गाउँपालिकाको केन्द्रमा दुवै पार्टीका कार्यकर्ताबीच झड्प भएको हो । झडपमा एमाले कार्यकर्ता छेदेदह गाउँपालिका–५ का ५० वर्षीय हंस रावतको ज्यान गएको छ । झडपमा घाइते भएर उपचारका लागि लैजाने क्रममा रावतको बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कांग्रेसका कार्यकर्ता छेदेदह गाउपालिका–६ का धननाथ गम्भीर घाइते भएसंगै उपचारका लागि अस्पताल पठाइएको छ । झडपका क्रममा घाइते भएका उनलाई उपचारका लागि सदरमुकाम ल्याइएको र चिकित्सकले मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए ।

नेताहरु उम्मेदवारी दर्ता गर्नका लागि भित्र गएका बेला बाहिर दुवै पार्टीका कार्यकर्ताबीच एक अर्काविरुद्ध नारावाजी गाली गलौज हुँदाहुँदै ढुंगा हानाहान भएर झडप भएको थियो।

झडप नियन्त्रण लिन प्रहरीले अश्रूग्यास र हवाई फायर गरेको छ । झडपसंग छेढेदह तनाबग्रत भएको छ ।, यद्दपी थप अप्रिय घट्ना हुन नदिनका लागी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

४ असार २०७४, आईतवार १९:४२मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *