अर्थपत्रपत्रिकाप्रदेश ५मूख्य समाचारसमाचार

१८ बर्षदेखि विश्वविद्यालयको १३२६ बिघा जमिन कब्जा

दाङ, बैशाख ३०

संस्कृत विश्वविद्यालय सञ्चालनका लागि २०१० सालमा ५६ जनाले जग्गा दान गरे । दाताको कदर गर्दै जग्गाको विवरणसँगै संस्कृतमा श्लोक लेखियो, ‘जसको आशय छ, भूमि दानभन्दा विशेष दान अरू छैन, भूमिहरण गर्नुजस्तो विशेष पाप अरू छैन ।’

तर यही आशयलाई खिल्ली उडाउँदै दानबाट प्राप्त विश्वविद्यालयको देउखुरीस्थित १ हजार ३ सय २६ बिघा ७ धुर जमिन १८ वर्षदेखि कब्जामा छ । सशस्त्र द्वन्द्वका बेला ०५८ सालमा तत्कालीन विद्रोही माओवादीले राजपुरस्थित विश्वविद्यालयको सम्पर्क कार्यालय भत्काई विस्थापित गराएपछि गुमेको जग्गा अहिलेसम्म फिर्ता हुन सकेको छैन । अधिकांश जग्गा किसानले कब्जा गरेका छन् ।

केही जग्गा प्रहरी चौकी र मन्दिरका नाममा कब्जा छ । सतबरियाको वनघुस्रीस्थित १० बिघा जमिन मात्रै ठेक्कामा लगाइएको नेसंवि देउखुरी जग्गा व्यवस्थापन समिति संयोजक माधव अधिकारीले बताउनु भयो । अन्य सबै जग्गा अरूकै नियन्त्रणमा रहेको उनले बताए । कतिपय पक्की घर बनाएर बसिसकेका छन् भने कतिले मौखिक रूपमै किनबेच गरिरहेका छन् । नेसंविले जग्गाको राजस्व तिरिरहे पनि आयस्ता केही पाउन सकेको छैन ।

पहिले जग्गाकै आम्दानीबाट संस्कृत विद्यालय चल्थ्यो । शिक्षकको तलबसमेत खुवाइन्थ्यो । अहिले विश्वविद्यालयलाई आर्थिक रूपमा ठूलो क्षति भएको छ । नेसंविको राजपुरमा १ हजार १ सय ३२ बिघा १२ कट्ठा साढे १७ धुर, सतबरियामा १ सय ६८ बिघा ७ कट्ठा १७ धुर र गोबरडिहामा ३४ बिघा १९ कट्ठा १३ धुर जग्गा छ ।

त्यसमध्ये ४ सय ८ बिघा १४ कट्ठा २ धुर जग्गामा मोही लागेको छ । जसमा २ सय ७७ जना मात्रै मोही छन् । सतबरियामा ८३ बिघा १४ कट्ठा १० धुर, गङीमा ८९ बिघा १२ कट्ठा १४ धुर, राजपुरमा २ सय १६ बिघा १२ कट्ठा ५ धुर र गोबरडिहामा १८ बिघा १४ कट्ठा १३ धुरमा मोही लागेको छ । बाँकी जग्गा अन्य व्यक्तिले कब्जा गरेका छन् ।

नेसंविले ०६० माघ १९ गते जग्गाको सर्वेक्षण गरेको थियो । जसमध्ये ५ सय ७४ बिघा १ कट्ठा १६ धुर जग्गा खेतीयोग्य थियो । ४ सय ९९ बिघा १३ कट्ठा ७ धुर नदीले कटान गरेको थियो । १ सय १५ बिघा १७ कट्ठा १७ धुर खर, घाँस भएको पाखो थियो । १ सय ३२ बिघा ७ कट्ठा १० धुरमा गिट्टी, बालुवा थियो भने १५ कट्ठामा खलियान थियो ।

गोबरडिहाको १२ बिघा १९ कट्ठा ४ धुर जग्गा भने फिल्ड बुकमा अभिलेख भए पनि दर्ता प्रमाणपुर्जा पाउन बाँकी छ । त्यतिबेला बगर र बालुवा भएको जग्गा पनि अहिले खेतीयोग्य भइसकेको छ । जसमा विभिन्न व्यक्तिले एकलौटी खेती गरिरहेका छन् ।

जग्गा फिर्ता गर्न पटक(पटक पहल गरे पनि विश्वविद्यालय सफल हुन नसकेको कान्तिपुर दैनिकले जनाएको छ । मोहीलाई नियमअनुसार जग्गा दिन पनि तयार भएको छ, तर जग्गा मोहीबाहेकका मानिसको कब्जामा भएकाले समस्या समाधान हुन सकेको छैन । जग्गाको समस्या समाधान गर्न पटक(पटक किसानसमक्ष पुगेको नेसंविका उपकुलपति कुलप्रसाद कोइरालाले बताउनु भयो ।

अब छिट्टै फिल्डमै गएर स्थानीय नेताको सहयोगमा जग्गाको समस्याबारे छलफल गर्ने योजना बनाइरहेको उपकुलपति कोइरालाको भनाई छ । जग्गाको आयस्ता संकलन गर्नकै लागि पहिले राजपुरमा कार्यालय खोलेर नियमित कर्मचारी खटाइएको थियो । तत्कालीन विद्रोही माओवादीले कार्यालयमा आगजनी गरी विस्थापित बनाएपछि जग्गाको संरक्षण गर्ने संयन्त्र भएन । स्थानीय किसानले नै जग्गा उपभोग गर्न थाले । विश्वविद्यालयलाई जग्गा उपभोग गरेबापत केही पनि उब्जनी दिएनन् । अन्तमा जग्गामा घर बनाउने र किनबेच गर्नेसमेत काम हुन थाले ।

जग्गा कब्जा गर्नेमा किसान मात्रै नभएर प्रहरी र मन्दिर पनि छन् । राजपुरमा प्रहरी चौकीसमेत नेसंविकै जग्गामा छ । स्थानीय हनुमान मन्दिर पनि नेसंविको जग्गामा बनाइएको छ । राजपुरमा नेसंविको जग्गामा बजार नै बसेको र प्रहरीलाई पनि गाउँलेले नै बस्ने व्यवस्था मिलाइदिएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए । ुराजपुरको नेसंवि जग्गामा गाउँ, बजार नै बसेको छ । हामीलाई पनि स्थानीय गाउँलेले बनाइदिएर बस्न दिएका हुन्,ु उनले भने, ुहामीले अतिक्रमण या कब्जा गरेको होइन । शान्ति सुरक्षाका हिसाबले गाउँलेले बस्न दिएकाले यसमा अन्यथा लिनु हुँदैन ।ु

मोही किसान पनि आफ्नो अधिकार भएको जग्गामा बसेको दाबी गर्छन् । जग्गाको आयस्ता दिने सवालमा पनि विश्वविद्यालयले चासो नदिएको उनीहरूको आरोप छ ।

Comment here

%MINIFYHTML1ce6f0ee105442560dec5f5ef02328e011%