जनता टाइम्स

१४ पुष २०७६, सोमबार १८:१६

चितुवाले तनहुँमा लियो फेरि अर्काे नाबालकको ज्यान


तनहुँ, पुस १४ गते । तनहुँमा चितुवाको आक्रमणमा परी एक नाबालकको ज्यान गएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ३ रातामाटा भन्ने स्थानमा २ बर्षिय नाबालक रबिन नेपालीको शव फेला परेको हो ।

बालक रविन नेपालीको टाउको र खुट्टामात्र बाँकी राखी खाएर छाडेको अवस्थामा शव फेला परेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो ।

यस बर्ष भित्र चितुवाको आक्रमणमा तनहुँ जिल्लामा ६ जनाले ज्यान गुमाई सकेका छन् ।