Untitled Document

ह्वाइट हाउस एसएलसी प्रिन्सेसमा सहभागीले देखाए आफ्नो प्रतिभा : जेष्ठ ३० गते अन्मित प्रतिस्पर्धा

काठमाडौं, जेठ १९

सिजन मिडियाद्धारा आयोजना गरिएको ८ औं संस्करणको ह्वाइट हाउस एसएलसी प्रिन्सेस प्रतियोगीतामा सहभागी २६ जना प्रतियोगीहरुले आज जोरपाटीस्थित नामी कलेजमा आयोजना गरिएको कार्यक्रमा सम्पूर्ण प्रतियोगीहरुले आ-आफ्नो आन्तरीक प्रतिभा प्रस्तुत गरेका छन ।

कार्यक्रममा प्रतियोगी नं ५ कि आस्था थापाले गुरासै फुल्दा वनै रमाइलो भन्ने गितको वोलमा आफ्नो नृत्य प्रस्तुतीवाट कार्यक्रमको उद्घाटन गरेकी थिइन भने मन्दिरा सेन्चुरीले नेपली रिमिक्स गितान नृत्य प्रस्तुत गरेकि थिइन । त्यर्सैगरी विभिन्न नेपाली गितहरुमा कृष्टीना वन्त, निर्जल पौड्याल, आरजु गिरी, सौजनय तामाङ, वेन्जु थापा, अन्जनी चन्द, सलिना भुषाल, प्रविषा मर्हजन र आयुसा श्रेष्ठले पनि नृत्य गरेर मनोरन्जन प्रदान गर्नुका साथै प्रतिभा प्रर्दशनी गरेका थिए ।

त्यसैगरी निसा श्रेष्ठले वसन्त भन्ने गितको वालमा गित गाएर आफ्नो प्रतिभा देखाएकी थिइन भने श्रेष्र्या भट्ट र इसिका रिजालले पनि विभिन्न नेपाली गितमा गाएर आफ्नो प्रतिभा देखाएका थिए । आकांक्षा पाठकले अंग्रेजी भाषामा कविता वाचन गरेकी थिइन भने रुचि धितालले यौन हिंसाको वारेमा आफ्नो धारण व्यक्त गरेकी थिइन ।

सफलता वुढाथोकीले आमा वुवाको विषयमा आफ्नो धारण प्रस्तुत गरेकी थिइन । प्रेरणा भट्टराईले महिनावरी सवन्धमा आफ्नो नाटकको माध्ययमवाट सम्पूर्ण निर्णायक तथा दर्शकलाई भावुक वनाउन सफल भएकी थिइन त्यस्तै गरेर सुहाना सुवेदीले पनि गिती नाटक प्रस्तुत गरेकि थिइन । अस्मीता पन्जीयार र नाम्दु सेर्पाले कन्टेमपोररी नृत्य प्रस्तुती दिएकी थिइन ।

संन्सतृप्ति रेग्मी, पाल्मा लामा, रिया खड्गीले नेपाली पप गितहरुमा नृत्य प्रस्तुत गर्दै आफ्नो कला प्रस्तुती प्रर्दशन गरेकी थिइन भने सुलोचना मगरले कौडा गितमा नृत्य देखाएकी थिइन । उत्त कार्यक्रममा निर्णायक मण्डलमा जुम्मा तथा नृत्य प्रशिक्षक शान्ति लिम्वु, मिसेस व्यूटी क्वनकी फोर्थ रनरअप कृष्टि वानीया, मिस इकलेजकी विजेता पेमा गुरुङ, मिस टिन कलेजकी विजेता स्वाती श्रेष्ठ र इकलेज २०१८ की फष्ट रनरअप सोफीया श्रेष्ठ रहेकी थिइन ।

यस कार्यक्रमको अन्तिम प्रतियोगीता आगामी जेष्ठ ३० गते नाचघर जमलमा सम्पन्न हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले “एसएलसी प्रिन्सेज २०१८” को ताज उपाधि सहित उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ल्यापटप,मोवाइलफोन र ५ दिनको वैङ्कक भ्रमणको अवसर प्रदान गरिने छ साथै अन्य गिफ्टहयाम्पर पाउने छिन ।

फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै ल्यापटप मोवाइल आदि उपहारहरु पाउनेछन र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिने आयोजक संस्थाले बताएको छ ।

June 2, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *