जनता टाइम्स

१८ पुष २०७६, शुक्रबार १९:५८

डायलासिसपछि निवास फर्कनुभयो प्रधानमन्त्री ओली


काठमाडौं, पुस १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौलाको नियमित डायलासिस गरिएको छ । मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको डायलासिस गरिएको हो ।

नियमित डायलासिसका लागि प्रधानमन्त्री ओली आज दिउँसो सो अस्पताल पुग्नुभएको थियो । प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाकाअनुसार डायलासिसपछि प्रधानमन्त्री ओली साँझ नै निवास फर्कनुभएको छ । प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गरिदै आएको छ ।

प्रधानमन्त्री ओलीको केही समयअघि सोही अस्पतालमा एपेन्डिससाइटिसको शल्यक्रिया गरिएको थियो । चिकित्सकले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको जनाएका छन । यद्यपी उहाँलाई बिगतमा जस्तो दौडधुप गर्न भने रोकिएको छ ।