Untitled Document

मध्यपुर थिमीबासीको सह्रानीय काम : निषेधित स्थानमा यात्रु ओराल्ने र चढाउने चालक-सहचालकमाथि यसरी गर्न थाले जनकार्वाही

भक्तपुर, जेठ २४

भक्तपुरको मध्यपुर थिमीबासीले ट्राफिक नियम उलंघन गर्दै तोकिएको स्थान भन्दा बाहिर गई याुत्र चढाउने र ओराल्ने बसका चालक र सहचालकमाथि कार्वाही सुरु गरेका छन । आफ्नो नगरमा सवै बसका चालक सहचालक अनुशासननमा राख्न र दुर्घटना कम गराउन मध्यपुर थिमीबासीले यस्तो अभियान थालेका हुन ।

स्थानीय केही युवाहरुको पहलमा ‘ट्राफिक व्यबस्थापनमा मेरो सहयोग’ कार्यक्रम अन्तर्गत निषेधित क्षेत्रमा यात्रु ओराल्ने र चढाऊने बसका चालक र सहचालकहरुलाई कान समातेर उठबस गराउन थालिएको हो । बिहीवार यसरी ट्राफिक अनुशासन उलंघन गर्ने केही चालक र सहचालक कार्वाहीमा परेका छन ।

स्थानीय युवाहरुले मध्यपुर थिमि नगरपालिका वडा न ६ स्थित बहाखा बजारमा चालक र सचालकलाई कान समातेर उठबस गराएर कारवाही गरेका हुन । ट्राफिक नियम पालना गराउन स्थानीयबासीले थालेको कामलाई कार्वाहीमा पर्ने चालक र सहचालकले समेत स्वागत गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने अठोट गरेका छन ।

सो बजारका युवाहरुले प्रहरीलाई सहयोग गर्न र चालक सहचालकमाथि जनताको निगरानी रहेको देखाउन यस्तो काम थालेका हुन ।

June 7, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *