Untitled Document

चर्चा रातो कट्टुको ! 

ज्ञानेन्द्र कुरुम्भङ (पखेरे कान्छा)

मलेसियाको भूगोलले नेपाली कलाकारहरुलाई असाध्यै माया गर्छ। स्थानीय चाडपर्वमा होस् वा नेपाली चाडपर्वमा मलेसियामा स्थापित विभिन्न सामाजिक संघ संस्थाहरुले नेपालबाट ख्यातिप्राप्त कलाकारहरुलाई आमन्त्रित गरेर यहाँ कार्यरत नेपालीलाई मनोरञ्जन प्रदान गर्ने गरेका छन्।

यस्ता कार्यक्रमहरु मलेसियाको विभिन्न शहरमा आयोजित हुने हुँदा नेपाली कलाकारहरु को कुम्भमेला नै लाग्ने गर्छ।तर मलेसियामा आयोजित केही कार्यक्रमहरु आलोचितमुक्त भने छैनन्। आयोजकको कमि-कमजोरी, कलाकारको उत्ताउलोपनका कारण, कहिलेकाही आयोजक र कलाकार दुबै आलोचित बनेका केही उदाहरणहरु पनि छन्। केहि बर्ष अगाडि दमन रुपाखेती, ज्योति मगर,सुलेमान शंकर ईकु, रिया श्रेष्ठ आदि कलाकारहरुले सजकता अपनाउन नसक्दा मलेसियाबासी नेपालीहरु बाट आलोचनाको शिकार बनेका थिए।

यतिबेला मलेसियामा रातो कट्टुू शब्द अधिक चर्चामा छ।नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको आयोजनामा मेघा कन्सर्ट २०७५ नामक कार्यक्रम आउदो जून १५ देखी १७ सम्म मलेसियाको तीन शहरमा आयोजित हुदैछ। उक्त कार्यक्रममा सहभागिता जनाउन आधा दर्जन कलाकारको साथमा अहिलेकी चर्चित रक गायिका सरस्वती लामाले पनि मलेसियाको उडान भर्ने तयारीमा छिन। तर उडान भर्नु अगावै गायिका लामा विवादमा मुछिएकी छिन्। भित्र लगाउने रातो कट्टु मलेसिया मै फाल्दिन्छुू, अर्को लाइन पंक्तिकारको नैतिकताले साभार गर्न दिएन, गायिका लामाको यो अभिव्यक्तिले बिधुतिय संजालमा एकाएक तरंग ल्याएको छ।

मलेसियामा कार्यरत नेपाली कामदार माझ निकै चर्चाको बिषय बनिरहेको छ। यहीँ बिषयमा आयोजकले आफ्नो धारणा एक बिज्ञप्ति मार्फत सार्वजनिक गरिसकेको छ, र गायिका लामाले पनि आफ्नो बचाउका शब्दहरु एक बिन्तिपत्र मार्फत खर्च गरिसकेकी छिन्।यो कार्य जिम्मेवार संस्था र जिम्मेवार कलाकारले गर्नु नै पर्थ्यो, गरे यो सवल पक्ष हो।तर दर्शकका मान(मर्दनमा पुगेको ठेसको जवाफ् ,त्यो बिज्ञप्ति र बिन्तिपत्र ले पक्कै दिएको छैन। त्यसैले यो नितान्त ब्याक्तीगत बिचार हो भनेर आयोजक र गायिका लामा पन्छिनु तर्कसंगत छैन।

आयोजक र गायिका लामालाई लाग्दो हो यो सामान्य र सानो बिषय हो तर दर्शकलाई तल्लो स्तरले हेरिएका यस्ता आशयहरु कदापि सानो बिषय हुनै सक्तैन।किनकि कलाकार र दर्शक बिच एक परस्पर सम्बन्ध हुन्छ।कलाकारले भन्ने पनि गर्छन् दर्शक हाम्रा भगवान हुन । यदि दर्शक भगवान हुन् भने कलाकारले सम्मानित शब्द प्रयोग गर्नु पर्ने होईन ररु गायिका लामाको कुन वर्णमा छ त्यो सम्मानित शब्द रु त्यसैले गायिका लामाको अभिव्यक्तिले दर्शकलाई अपमान भएको महसुस एक गराउछ, दुई गराउछ ,तीन गराउछ।

गायिका लामाले आखिर् किन त्यस्तो अभिव्यक्ति प्रकट गरिन तरु यो बारेमा उनको आफ्नै राय होला तर त्यस्ता अपाच्य शब्दहरु एक चर्चित गायिकाबाट प्रस्फुटन हुनु आफैंमा शोभनीय छैन। तसर्थ गायिका लामाको यस्ता बिचारले कलाकार देशका गहना र सम्पत्ति हुन भन्ने हेक्कालाई बिर्साइ दिन्छ।यहाँ गायिका लामाको शब्दलाई सापटी लिउँ ूकठै हामी नेपालीहरुको दिमाग् कट्टु र पेन्टीमा सिमित छू।अरे यार !

गायिका लामाको खोपडीले सोचेको जस्तो नेपाली समाजको सोचाइ त्यति आधुनिकता मा कहा लम्किएको छ ररु गायिका लामाको भनाइ जस्तो नेपाली समाजको सोचाइलाई परिवर्तन गर्न त्यति सजिलो कहा छ ररु धर्म,संस्कार , संस्कृति र सामाजिक प्रतिष्ठाका कारण नेपाली समाजको अवधारणा भिन्नभिन्नै छ।त्यसैले जुन समाज का दर्शकले जस्तो कलाको अपेक्षा गरेको हुन्छ,त्यस्तै कला प्रस्तुत गर्नु नै कलाकारको नैतिक धर्म हो।यस्ता कुराहरू कलाको नाममा अश्लीलता प्रस्तुत गर्ने गायिका लामा जस्ता अन्य कलाकारहरु ले पनि आफ्नो गिदिमा घुसाउनु अपरिहार्य छ।

हुन त१ रक(गायिका लामा स्टेजमा उक्लेपछी,दर्शक उचाल्न अनेक हर्कत गर्ने गर्छिन।उत्ताउलो हाउभाउ देखाउनु,बाँदर जस्तो बुरुक्क उफ्रिएर स्टेजबाट तल झर्नु,आफ्नो वक्षस्थल हल्लाउनु,बाहिरी वस्त्र फुकाल्नु गायिका लामाका दर्शक झुमाउने अस्त्रहरु हुन। यिनै अस्त्रलाई सायद मलेसियामा पनि प्रयोग गर्नेछिन।तर एक कलाकारले कला प्रस्तुत गरेर मात्रै कलाकारिताको दर्शन पुरा हुँदैन।कला प्रस्तुत गर्दा दर्शकको मान(मर्यादालाई पनि उत्तिकै ध्यान दिनु पर्नेहुन्छ।कार्यक्रममा एउटै स्तर र एउटै कोटिका दर्शक मात्र उपस्थित हुन्छन् भन्ने छैन। ।ठाउँ र परिवेश अनुसार फरकफरक स्वभावका दर्शकको सहभागिता हुन्छ।यि यावत् कुराहरू गायिका लामाले पक्कै पनि मनन गरेकी छिन् होला।

केही कलाकारहरु को अश्लील हर्कतले नेपाली कलाकारिता जगत बेलाबेलामा कुहिएको सिनो जस्तैः डुङ्डुङ्ति गन्हाउने गरेको छ।सस्तो लोकप्रियता कमाउने भुत सवार भएका कलाकारहरु का कारण कलाकारिता क्षेत्र कहिलेकाही बिरामी पर्ने गरेको छ।यस्ता क्रियाकलापले आफ्नो कला र क्षमताले कलाकारिता मा रमाई रहेका सच्चा कलाकारको आत्मसंमान मा आँच आउन पनि सक्छ।त्यसैले कलाकारले यो पनि हेक्का राखेस, दर्शकहरु कला हेर्नलाई हलसम्म पुगेका हुन्छन्,अर्धनग्न शरीर हेर्न होइन।

मासुको डल्लो र सेतो तिघ्रा हेर्न मात्रै दर्शकहरू गएका हुदैनन् ।यदि अश्लीलता हेर्नू चाहनु नै हो भने,पोर्न साइट हेरे भै गो नि१ पैसा तिरितिरी किन कार्यक्रम स्थलसम्म धाउनु पर्‍यो ? कलाकारले कला देखाउने हो कि,अंग देखाउने होरुअंग प्रदर्शन र कला बिच त्यस्तो के सम्बन्ध छ र अंग देखाउनलाई मरिहत्ते गर्छन् रु यस्ता सवालहरु पंक्तिकारको दिमागमा भुमरी झैँ फिनिनि१ घुम्ने गर्छन्। तथापि स्वच्छ र सभ्य प्रस्तुतिले पनि दर्शकहरू लाई सन्तुष्टि र मनोरञ्जन प्रदान गर्न सकिन्छ भन्ने सोच राख्नु नै सच्चा कलाकारमा हुनुपर्ने गुण हुन् ।यहीँ गुणको पृष्ठपोषण गर्दै,अन्त्यमा पंक्तिकारको अनुरोध  सरस्वती लामा जि ! मलेसियामा रातो कट्टु फाल् या कालो कट्टु फाल, हाम्लाई बाल मतलब तर तिम्रो प्रस्तुति चाहिँ सभ्य र मर्यादित किसिमको हुनुपर्छ।

June 8, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *