Untitled Document

नव–नायिका आश्मा गिरी भन्छिन् : मेरो मनपर्ने र लक्की कलर नै रातो

काठमाडौँ । नव–नायिका आश्मा गिरीलाई भन्छिन् ,मेरो मनपर्ने र लक्की कलर नै रातो हो । केही समययता चर्चामा रहेकी गिरी रातो कलरको गाउन, वान पिस र सारीमा राम्रो देखिने गरेकाले यो कलर मन पर्ने बताउँछिन् । विशेष कार्यक्रमबाहेक अन्य समय सिम्पल फेसन मनपर्छ । कुर्तासुरुवाल लगाउन मनपर्छ । टिसर्ट पाइन्टतिर पनि रुचि छ । यो पहिरनमा स्कुटीमा हिँड्न सजिलो लाग्छ, उनी भन्छिन् ।

पछिल्लो समय उनको डेब्यु चलचित्र ‘ड्रिम गर्ल’ले विभिन्न प्रचार सामग्री सार्वजनिक गरेलगत्तै चर्चा चुलिएको हो । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले चलचित्रको एक गीतसमेत सार्वजनिक गरेको छ । सो अवसरमा उनी रातो कलरको सेक्सी देखिने गाउनमा कार्यक्रममा सहभागी भएकी थिइन् ।

June 8, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *