Untitled Document

चीनमा सङ्क्रामक रोगका कारण गत वर्ष अठार हजारको मृत्यु

बेइजिङ (चीन),  । चीनमा सन् २०१६ मा सङ्क्रामक रोगका कारण १८ हजार २३७ जनाको मृत्यु भएको बिहीबार सार्वजनिक भएको चिनियाँ सरकारी तथ्याङ्कमा जनाइएको छ ।

सन् २०१६ मा करिब ६९ लाख चिनियाँ विभिन्न सङ्क्रामक रोगका कारण बिरामी परेकामा १८ हजार २३७ जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगले जनाएको छ ।

सो समयमा एक जनाको प्लेग (पेसिलेन्स) र २७ जनाको हैजाको उच्च जोखिमयुक्त क वर्गको सङ्क्रमण भए पनि सबै जना उपचारपछि घर फर्किएको आयोगले बताएको छ ।

सन् २०१६ मा देखिएका करिब २९ लाख व्यक्तिमा ख वर्गको सङ्क्रमण भेटिएको थियो । जसका कारण १७ हजार ९६८ जनाको मृत्यु भएको चीनले बताएको छ ।

एचआईभी÷एड्स, क्षयरोग, रेबिज, हेपाटाइटिस र बर्ड फ्लुका कारण मृतकमध्ये ९८.८ प्रतिशतको मृत्यु भएको थियो ।

त्यस्तै ग वर्गको रोगको सङ्क्रमण ३९ लाख व्यक्तिमा देखिएकोमा २६९ जनाको यसबाट मृत्यु भएको आयोगले जानकारी गराएको छ ।

१३ फाल्गुन २०७३, शुक्रबार १३:१७मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *