Untitled Document

अमेरिकामा हुने एनआरएन विज्ञ सम्मेलन डायस्पोराका जनशक्ति र नेपाल सरकारलार्इ जोड्ने ‘ब्रिज’ हो :  डा. रुद्र अर्याल (अन्तर्वार्ता)

अमेरिकामा यही जुन १६ र १७ मा दुई दिने एनआरएन विज्ञ सम्मेलन हुँदैछ । सम्मेलनको लािग अमेरिकाज् क्षेत्रबाट विभिन्न क्षेत्रका विज्ञहरु आउने क्रम जारी छ । यसै सम्मेलनको विषयमा गैर आवासीय नेपाली संघको बिज्ञ सम्मेलनका लागी कार्यपत्र छनोट तथा श्वेतपत्र निर्माण समितिका संयोजक डा. रुद्र अर्यालसँग कुराकानी गरेका छौ । अर्याल फ्रयाँकलिन पियर्स यूनिभर्सी्टि न्यू ह्याम्सायरका प्राध्यापक हुनुहुन्छ । नेपालको पाल्पा घर भएका अर्याल गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ । मायमी विश्वविद्यालयबाट भौतिकशास्त्रमा विद्यावारिधी गर्नुभएको संयोजक अर्यालसंग सम्मेलनको विषयमा केन्द्रित भएर हामीले कुराकानी गरेका छौ । प्रस्तुत छ अर्यालसँग गरिएको कुराकानीको सम्पादीत अंश ;

सम्मेलनको तयारी कस्तो छ ?

सम्मेलनको लागि सबै कार्यपत्रहरु प्राप्त भई सकेका छन् । जसमा कृषि, एनेर्जी एण्ड वाताबरण, स्वास्थ्य, न्याचुरल रिसोर्सेस, सहरीकरण र योजना, शिक्षा र विकास, सोसल एम्पावोर्मेंट लगायतका विषयका कार्यपत्रहरु प्रमुख रुपमा प्रस्तुत हुनेछन् ।

विज्ञ सम्मेलनमा को को सहभागि हुन्छन् ? र, सम्मेलनका मुख्य एजेन्डाहरु के के छन् ?

अमेरिका लगायत यस क्षेत्र जस्तै क्यानाडामा रहेका नेपाली डायेस्पोराका महानुभावहरु ठुलो संख्यामा उपस्थित हुँदैछन् । अहिले सम्म पनि एनआरएनको कार्यक्रमहरुमा उपस्थित हुन् नसक्नुभएका धेरै प्राध्यापकहरु, बैज्ञानीकहरु, व्यापारको क्षेत्रमा प्रभावकारी भूमिका खेल्नु भएका ब्यक्तीहरु, नेपाल सम्बन्धी अध्ययन गरेका बिद्यार्थीहरु उपस्थीत हुँदै छन् । यसको साथै नेपाल सरकारको तर्फबाट पर्यटन मंत्री रबिन्द्र अधिकारी, लगायत एनआरएनका तर्फबाट भबन भट्ट, कुमार पन्त, जिबा लामिछाने, लगायतका केन्द्रीय पदाधीकारीहरु सहभागी हुने हामीले जानकारी पाएका छौं ।

पहिलो एजेन्डा त एनआरएनको विज्ञ सम्मेलनमा कार्यपत्रहरु प्रस्तुत हुने, त्यस बारेमा छलफल र त्यसका कंक्लुजनहरुको बारेमा सम्बन्धीत प्यानलहरुको बीचमा छलफल गरेर एउटा सम्मेलनको अन्त्यमा स्वेतपत्र पेश गर्ने नै हो । यसको साथै नेपाली डायस्पोराका विज्ञहरुलाई एनआरएनका नेतृत्वहरुसँग पनि भेटघाट र प्रत्यक्ष रुपमा नेपाली डायेस्पोराका विज्ञहरुबीच भविष्यमा कसरी कोअर्डीनेशन बढाउने भन्ने नै छ ।

सम्मेलनको मुख्य उद्देश्य के हो ?

सम्मेलनको प्रमुख उद्देश्य नेपाल बाहिर रही बिभिन्न क्षेत्रमा आफ्नो सिप, क्षमता देखाएका सयौं नेपाली डायेस्पोराका शक्तीहरुलाई एक ठाउँमा ल्याउनु, समन्वय गर्ने र उहाँहरुका बिचारलाई कार्यपत्र मार्फत प्रस्तुत गरी त्यसबाट आएका निचोडले नेपालको विकास सम्बन्धमा के कस्तो प्रभावकारी भूमिका खेल्ने गरी पोलिशी बनाउन सकिन्छ भनी नेपाल सरकारसँग एनआरएनएको तर्फबाट समन्वय गर्ने । अझ महत्वपूर्ण कुरा त् भोली नेपाली डायेस्पोराका विज्ञहरु आफ्नो अनुसन्धान नेपालसँग सम्बन्धीत भएर काम गर्नको निम्ती समेत प्रेरित होस भन्ने प्रती पनि हाम्रो लक्ष्य छ ।

बौद्धिक सम्मेलनले नेपालको आर्थिक सम्बृद्धिमा के टेवा पुग्छ ?

सबै भन्दा ठुलो कुरा त् नेपाल भन्दा बाहिर जस्तै, अमेरिका, क्यानाडा लगायतका विकसीत मुलुकमा बसेका विज्ञहरुले आफ्नो शीप नेपालसँग शेयर गर्ने नै हो । एनआरएनले यसको मेडियटरको भूमिका खेलेको छ । नेपालको आर्थीक क्षेत्रलाई महत्वपूर्ण प्रभाब पार्ने क्षेत्रहरुमा रहेका कार्यपत्रहरुलाई महत्व दिएकाले पनि अवश्यपनि यसको दिर्घकालीन प्रभाव पार्ने नै छ ।

विज्ञ सम्मेलनबाट नेपाल र नेपालीले के अपेक्षा गर्न सक्छन् ?

सम्मेलनबाट आजको भोली के पाई हाल्ने र दिई हाल्ने भन्दा पनि हामीले नेपालसँग देश बाहिर बसेका नेपाली दायेस्पोरा सँग सम्बन्धीत विज्ञहरुका विचारहरु शेयर गराउने एउटा माध्यम हो यो कन्फेरेन्स । त्यसैले तुरुन्तै सम्मेलनको भोलिपल्टै देखि नेपालको आर्थीक क्षेत्रमा प्रभाब देखिई हाल्ने होइन तर दिर्घकालीन रुपमा यो एउटा देशको निम्ति अत्यन्तै महत्वपूर्ण सम्मेलन हो ।

अर्को जुन प्रश्न छ, अ‍ेपक्षाकृत काम होला त भन्ने । यो हाम्रो सम्मेलनको एजेन्डा होइन । हाम्रो उद्देश्य माथी भने जस्तै नेपालको आर्थीक क्षेत्रको विकासमा हाम्रा विज्ञहरुले कुन खाले अनुभव शेयर गनृ सक्नुहुन्छ भन्ने नै हो । आधुनीक तरीकाबाट कुन कुराहरुलाई अगाडी बढाउंँदा नेपाल जस्तो देशको आर्थीक क्षेत्रमा प्रभावकारी हुँदो रहेछ भन्ने विचारलाई शेयर गर्ने हो । इम्प्लिमेंट भयो कि भएन भनेर मोनिटर गर्ने होइन ।

 

June 11, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *