Untitled Document

लाङ्टाङमा पर्यटक आगमनमा वृद्धि

रसुवा, २९ जेठ

पर्यटकीय केन्द्र लाङ्टाङमा पर्यटक आगमनमा वृद्धि हुन थालेका छन् । स्याफ्रुबेँसी, लाङ्टाङ र स्याङजेन क्षेत्रलाई रेडपाण्डा पदमार्ग नामकरण भएपश्चात् आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुन थालेको बताइन्छ । लाङ्टाङ पुनःनिर्माण एवं व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाका अनुसार लाङ्टाङ गोसाइँकुण्ड पर्यटकीय एवं धार्मिक मार्गको वन जंगल क्षेत्रमा विश्वकै दुर्लभ रेडपाण्डा सन् १९८७ मा भेटिएको थियो ।

प्रदेश नं ३ को सरकारले स्याफ्रुबेँसी–लाङ्टाङलाई रेडापाण्डा पदमार्ग घोषणा गरेलगत्तै आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको हो । रेडपाण्डाको संरक्षणमा कार्ययोजना बनाई अगाडि बढे पनि प्रचारप्रसारको कमी छ ।

रेडपाण्डा पर्यटक मार्ग नामकरण भएपछि यसको प्रभाव विश्वमै फैलिन गई हिमाली प्रकृतिको छटा, स्थानीय कला संस्कृतिका साथै रेडपाण्डा अवलोकनका लागि पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताउनुभयो ।

June 12, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *