जनता टाइम्स

३१ बैशाख २०७६, मंगलवार ०८:४४

शताव्दी पुरुष सत्यमोहन जोशीको जन्मदिनको कार्यक्रमको (फोटोफिचर)


काठमाडौं, ३१ बैशाख । शताव्दी पुरुष तथा इतिहासविद् सत्यमोहन जोशी एक सय वर्ष पुगेको खुसियालीमा ललितपुरमा सोमबार एक दिन सार्वजनिक विदा नै दिइएको थियो । ललितपुर महानगरले उहाँको सम्मानमा बिभिन्न कार्यक्रम गरी जन्म शताब्दी मनाएको छ ।

फोटोमा शताव्दी पुरुष जोशी को जन्मदिन

ललितपुर महानगरपालिकाद्वारा सोमबार ललितपुरमा आयोजित वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीको १००औं जन्मोत्सव समारोहमा शताब्दीपुरुष जोशीलाई सरकारको तर्फबाट सम्मान गर्नुहुँदै कार्यबाहक प्रधानमन्त्री एवम रक्षामन्त्री ईश्वर पोखरेल ।

ललितपुर महानगरपालिकाद्वारा सोमबार ललितपुरमा आयोजित वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीको १००औं जन्मोत्सव समारोहमा शताब्दीपुरुष जोशीलाई महानगरपालिकाको तर्फबाट ताम्रपत्रबाट सम्मान गर्नुहुँदै महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्याल ।

ललितपुर महानगरपालिकाद्वारा सोमबार ललितपुरमा आयोजित वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीको १००औं जन्मोत्सव समारोहमा शताब्दी पुरुष जोशीलाई उपत्यका नगरपालिका फोरमको तर्फबाट ताम्रपत्रबाट सम्मान गर्नुहुँदै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायत ।

ललितपुर महानगरपालिकाद्वारा सोमबार ललितपुरमा आयोजित वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीको १००औं जन्मोत्सव समारोहमा सम्मानपछि मन्तव्य व्यक्त गर्नुहुँदै शताब्दी पुरुष सत्यमोहन जोशी ।

ललितपुर महानगरपालिकाद्वारा सोमबार ललितपुरमा आयोजित वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीको १००औं जन्मोत्सव समारोहमा सम्मानपछि मन्तव्य व्यक्त गर्नुहुँदै शताब्दीपुरुष सत्यमोहन जोशी ।