Untitled Document

तनहुमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

 तनहुँ, ३० जेठ 

तनहुँको म्याग्दे गाउँपालिका– ६ गाउँस्वारास्थित तोपबहादुर शाहीको घरमा विद्युत् शर्ट भएर आगलागी भएको छ । सो आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । शाहीको ढुंगा माटोले बनेको खरले छाएको दुईतले घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा रहेको लत्ताकपडा, भाँडाकुँडा, अन्नपात पूर्णरुपमा क्षति भएको हो । शाहीको परिवार छिमेकीको शरण लिन बाध्य भएको बताइएको छ ।

 

June 13, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *