Untitled Document

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

सुर्खेत, ३० जेठ

कर्णाली प्रदेश सरकारको आव २०७५÷७६ को नीति तथा कार्यक्रम पारित भएको छ । आज बसेको प्रदेश सभाको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममाथि भएको छलफलमा सदस्यहरुले उठाएको जिज्ञासामाथि जवाफ दिएलगत्तै सरकारको नीति तथा कार्यक्रमलाई बैठकले पारित गरेको हो ।

मुख्यमन्त्री शाहीले सरकारले ल्याएको नीति तथा कार्यक्रमअनुसार यो वर्ष कानून, योजना निर्माण, हरेक क्षेत्रको सूचक संकलन र सम्भाव्यता अध्ययन तथा अनुसन्धानको वर्ष हुने बताउनुभयो । सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्राथमिकता प्राप्त क्षेत्र, वर्ग र समृद्धि कुरा समेटिसकेको बताउँदै उहाँले सोचमा सकरात्मकता ल्याउन अनुरोध गर्नुभयो ।

June 13, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *