Untitled Document

सैनिक मुख्यालय पुगेर प्रधानमन्त्री ओलीले लिए काठमाडौं-तराई/मधेश फास्टट्रयाकबारे जानकारी : समयभित्रै काम सक्न निर्देशन

काठमाडौं, जेठ ३०

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेश दु्रतमार्गबारे जानकारी लिनुभएको छ । नेपाली सेनाको जंगी अड्डामा पुगेर उहाँले दु्रतमार्गबारे जानकारी लिनुभएको हो ।

प्रधानमन्त्री ओलीलाई सर्वत्र चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको काठमाडौं, तराई÷मधेश दु्रतमार्ग आयोजनामा नेपाली सेनाले हालसम्म गरेको प्रगति विवरण सम्बन्धमा आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्रबहादुर खाणले जानकारी गराउनुभएको थियो ।

नेपाली सेनाले काठमाण्डौ–तराई/मधेश दु्रतमार्ग आयोजनामा हालसम्म गरेको प्रगति सम्बन्धमा प्रधानमन्त्री ओली विश्वस्त हुनु भएको र उहाँले सरकारबाट निर्माण कार्यमा सहयोगका लागि कुनै पनि कसर बाँकी नराख्ने जनाउँदै तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उक्त अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रधुवीर महासेठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र नेपाली सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो ।

June 13, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *