Untitled Document

बागलुङ दुर्घटनामा वडा सदस्यसहित दुईको मृत्यु

बागलुङ, ३१ जेठ

ताराखोला गाउँपालिका–२ अर्गलमा जीप दुर्घटना भएको छ । दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । घुस्मेलीदेखि अर्गल भातखाने डाँडा जाँदै गरेको ग १ ज ६०३४ नंको जीप दुर्घटना हुँदा ताराखोला –३ का वडा सदस्य २४ वर्षीय हेमन्त घिमिरे र ५४ वर्षीय हरिराम गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा वडा नंं ३ कै २७ वर्षीय जीप चालक डम्बरबहादुर घिमिरे र ४२ वर्षीय कर्णबहादुर भण्डारी गम्भीर घाइते भई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिनुभयो । ।

June 14, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *