Untitled Document

रसियाको शानदार विजयी शुरुवात, साउदीले खायो पाँच गोल

काठमाडौं, जेठ ३१

विश्वकप फटुबलमा आयोजक रसियाले शानदार विजयी शुरुवात गरेको छ । मस्कोस्थित लुजिन्की रंगशालामा भएको खेलमा रसियाले एकतर्फी खेलमा साउदी अरेबियामाथी पाँच गोल गरेको हो ।

पहिलो हाफमा २ गोल गरेको रसियाले दोस्रो हाफमा थप तीन गोल गरेको हो । रसियाका लागि खेलको १२ औं मिनेटमा युरी गान्जिनस्काईले सुरुवाती गोल गरे । यस्तै ४३ औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दा पहिलो हाफमा रसियाले दुई गोल गर्न सफल भयो । दोस्रो हाफमा निक्कै दवावमा देखिएको साउदीले ७१ औं मिनेटमा तेस्रो गोल खायो । रसियाका लागि अर्तेम जुबाले हेड मार्फत सुन्दर गोल गरे ।

खेलको ७० औँ मिनेटमा सब्स्टिच्यूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका  जुबाले मैदान प्रवेश गरेको  ८९ सेकेन्डमै गोल गरेका हुन् । रुसी खेलाडी डेनिस चेरिसेवले  इन्जुरी समयकाे पहिलाे मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रुसलाई ४–० को अग्रता दिलाएका थिए । खेल सकिन केही मिनेट बाँकी रहँदा पाएकाे फ्रीकिकलाई गाेलमा परिणत गर्दै अलेक्सान्द्र गोलोभिनले रुसलाई  ५-० काे जित दिलाएका हुन् । यो सन् १९३४ यता आयोजक राष्ट्रले उद्घाटन खेलमा हात पारेको सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि सन् १९३४ मा इटालीले अमेरिकालाई ७–१ ले हराएको थियो ।

June 14, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *