Untitled Document

विश्वकप फुटबलमा बिरालोको भविष्यवाणी मिल्यो

काठमाडौं, जेठ ३१

विश्वकप फुटबलको उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी गरेको सेतो बिरालोको भबिष्य सहि सावित भएको छ । ‘एकिलिज’ नामको कान नसुन्ने सेतो बिरालोले विश्वकपको उद्घाटन खेलमा आयोजक रुसले जित्ने भविष्यवाणी गरेको थियो ।

बुधबार बिरालोमार्फत गराइएको भवष्यवाणीमा रूसले जित्ने बताए अनुसार नै साउदी अरेबियामाथी पाच शुन्य गोलको अन्तरले जित निकाल्यो । दुर्इ देशका झण्डासहित खानेकुरा राख्दा एकिलिजले रसियाको झन्डा भएको खाना खाएको थियो ।

कान नसुन्ने उक्त बिरालोलार्इ विश्वकपको भविष्यवाणी गर्ने आधिकारिक जनावरको मान्यता दिइएको छ। यसअघिका केही भविष्यवाणी मेल खाएपछि उक्त बिरालोलार्इ विश्वकपमा आधिकारिक भविष्यवाणीका लागि ल्याइएको हो ।

June 14, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *