जनता टाइम्स

२८ पुष २०७६, सोमबार ०९:१४

होटल सञ्चालकसहित अनैतिक क्रियाकलापमा संलग्न एक जोडी रंगेहात पक्राउ


धनुषा , पुस २८ । एक होटलबाट यौन धन्दा चलाउने सञ्चालक सहित एक जोडीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित पेपरमिल रोडमा सन्चालनमा रहेको सुविधा गेष्ट हाउसमा छापा मारी प्रहरीले गएराति १ महिला र १ पुरुष अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

यस्तै महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यसायमा लगाउने गेष्ट हाउसकी सन्चालक धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं ६ की २६ कि रिता चौधरीलाई समेत पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेका छ भने पक्राउमा परेकाहरुलाई मानव वेचबिखन तथा ओसारपोसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।