Untitled Document

ब्राजिलले के विरासत जोगाउला !

काठमाडौं, असार ३

पाँचपटकको विश्वकप विजेता ब्राजिल आज राति स्विजरल्याण्डविरुद्ध खेल्दैछ । समूह ‘ई’ को पहिलो खेलमा ब्राजिलले स्विट्रल्यान्डविरुद्ध राती ११ः४५ बजे रोस्तोभ एरिनामा भिड्दै छ । सन् १९३४ पछि विश्वकपको पहिलो खेल नगुमाएको ब्राजिल सोही किसिमको नतिजाको पर्खाइमा हुनेछ । स्वीट्जरल्यान्डले सन् २०१० को विश्वकपमा समूह चरणको पहिलो खेलमा पनि जित निकालेको थियो ।

आफ्नै घरमा भएको विश्वकपको सेमिफाइनलमा जर्मनसँग ७–१ को स्तब्धपूर्ण हारसँगै बाहिरिएको ब्राजिलमा यसपटक युवा खेलाडीको नै बाहुल्यता रहेको छ । छनोटचरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै रुसको यात्रा तय गर्ने पहिलो राष्ट्र बनेको ब्राजिलका लागि मुख्य हतियार यसपटक पनि नेयमार नै हुनेछन् । नेयमारलाई साथ दिन मार्सेलो, फिलिपे काउटिन्हो, रोबर्टो फर्मिन्हो र गाब्रिएल जेसस हुनेछन् । स्वीट्जरल्यान्डमा पनि जार्दान शकिरी र ग्रनित जाका मुख्य हतियार हुन् । पछिल्ला मैत्रीपूर्ण खेमा बलियो स्पेनलाई १–१ बराबरीमा रोक्दै जापानमाथि २–० को जित निकालेको स्वीट्जरल्यान्ड निकै आत्मविश्वासी बनेको छ ।

त्यसैले, दक्षिण अमेरिकी महारथी ब्राजिललाई जितका लागि स्विजरल्याण्डमाथि छिट्टै ‘ब्रेक थु्र’ गर्नुपर्ने जरुरी हुन्छ । ब्राजिलले खेल्न लागेको स्वीट्जरल्यान्ड त्यही टोली हो, जो विश्व वरीयताको छैटौं स्थानमा छ । छनोट चरणमा लगातार नवौ खेल जितेपछि स्वीस टोली यो स्थानमा आएको हो । तर क्लब स्तरमा खेल्दा स्विस खेलाडीको प्रदर्शन ठीक उल्टो छ । विङ्गर जेर्डान साकिरी खेलेको क्लब स्टोक सिटी इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो । ग्रानिट झाकाले आर्सनलबाट एकरुपको प्रदर्शन गर्न सकेनन् भने फरवार्ड ह्यारिस सेफेरोभिकले २०१८ मा पोर्चुगिज हस्ती बेन्फिकाबाट एउटै खेल प्लेइङमा खेलेनन् ।

जर्मनी vs मेक्सिको

संस्करणको विजेता जर्नमीमा अधिकांश नयाँ खेलाडी भए पनि निकै बलियो छ । जर्मनको बेन्चसमेत विश्वकपमा दोस्रो टिम बन्न लायक खेलाडी छन् । ४ पटकको विश्व विजेता जर्मनी यसपटक बलियो दाबेदार राष्ट्र हो । जर्मनीले समूह ‘एफ’को पहिलो खेल आइतबार लुजहिन्की स्टेडियममा बेलुका ८ः४५ बजे मेक्सिकोविरुद्ध खेल्नेछ ।

गत संस्करण च्याम्पियन बनाउन सफल प्रशिक्षक जोचिम लोले छनोटचरणमा १० खेलमा सतप्रतिशत जित दिलाउँदै जर्मनलाई रुसको टिकट कटाएका थिए । छनोटमा ४३ गोल गर्दा जर्मनीले मात्र ४ गोलमात्र खाएको थियो । मेक्सिकोले पनि कोलम्बियन प्रशिक्षक जुआन कार्लोस आएपछि १६ खेलमा १ खेल मात्र गुमाएको छ ।

गत संस्करणको विश्वकपमा प्री–क्वार्टरफाइनलसम्म स्थान बनाएको मेक्सिको समूहचरणमा भने क्यामरुन र क्रोएसियाजस्तो बलियो राष्ट्रलाई स्तब्ध बनाएको थियो । यसपटक जर्मनीले समूहमा स्विडेन र कोरियासँग सजक भएर खेल्नुपर्नेछ । किनभने कोरिया र स्वीडेन दुवै विश्वकपमा अपत्यारिलो नतिजा निकाल्न सक्ने राष्ट्र हुन् ।

गत संस्करणको विश्वकपमा समूहचरणको पहिलो खेलमा पोर्चुगलमाथि ४–० को जितसहित सुरुआत गरेको जर्मनीलाई मेक्सिकोले भने कडा चुनौती दिनेछ । जर्मनीको अट्याकिङमा ओजिल, ड्राक्सलार र मार्को रियुसले सम्हाल्ने सम्भावना रहेको छ ।

कोस्टारिका VS सर्बिया

कोस्टारिका पछिल्लो संस्करणको विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो । कोस्टारिका र सर्बिया आइतबार समूह ‘ई’ को पहिलो खेलमा बेलुका ५ः४५ मा सामारा एरिनामा खेल्नेछ । कोस्टारिका गत संस्करणको विश्वकपमा समूहचरणमै अपत्यारिलो नतिजा निकाल्दै अन्तिम ८ सम्म पुगेको थियो ।

ब्राजिलमा भएको विश्वकपको समूहचरणमा उरुग्वे र इटालीलाई हराएको कोस्टारिकाले इंग्ल्यान्डसँग भने गोलरहित बराबरी खेल्दै नकआउट चरणमा आश्चर्यजनक रूपमा प्रवेश गरेको थियो । तर, अन्तिम १६ मा ग्रीसलाई स्तब्ध बनाएको कोस्टारिका क्वार्टरफाइनलमा भने नेदरल्यान्डसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो ।

जुन नतिजा यसपटक पनि दोहोर्याउने लक्ष्यमा कोस्टारिका रहेको छ । तर, पछिल्लोसमयमा कोस्टारिकाको प्रदर्शन खासै राम्रो छैन् । यद्यपि, यसअघि भएका मैत्रीपूर्ण खेलमा बेल्जियम, इंग्ल्यान्ड र ट्युनियासँग पराजित भएको थियो । स्कटल्यान्ड र नर्दन आयरल्यान्डलाई भने कोस्टारिकाले पराजित गरेको थियो ।

सन् २०१० पछि विश्वकपमा फर्किएको सर्बियाले पछिल्लो ४ मैत्रीपूर्ण खेलमा २ जित र २ हार बेहोरेको थियो । मोरक्कोसँग २–१ र चिलिसँग १–० ले पराजित भएको सर्बिया नाइजेरियालाई २–० ले हराउँदा अन्तिम मैत्रीपूर्ण खेलमा बोलिभियामाथि ५–१ सानदार जित निकालेको थियो । वेल्स र अस्ट्रिया रहेको विश्वकप छनोटको ‘डी’ समूहमा सर्बिया शीर्ष स्थानमा पुगेको थियो ।

June 17, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *