Untitled Document

पूर्वमन्त्री इन्द्र प्रसाद ढुंगेलको मृत्यु

काठमाडौं । राजधानीको चावहिलस्थित ओम हस्पिटलमा क्यासरको उपाचाररत पूर्वमन्त्री इन्द्र प्रसाद ढुंगेलको गएरात निधन भएको छ ।

पछिल्लो समय क्यान्सरबाट पीडित ढुंगेल ओम हस्पिटलमा कयासरको उपचारको क्रममा गएराति उनको निधन भएको ढुंगेलको पारिवारीक स्रोतले जानकारी दिए ।

विगत केही समयदेखि उनी क्यान्सरका कारण बेड रेस्टमा थिए ।तत्कालिन प्रधानमन्त्री माधव कुमार रामेछापका ढुंगेल नेपालको मन्त्रीमण्डलमा विज्ञान प्रविधि राज्यमन्त्री रहेर काम गरेका थिए ।

ढुंगेल विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिए । नेपाली कंग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका उनी पहिले विपी कोइराला निकट थिए ।

पछि कांग्रेसबाट असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर सुर्य बहादुर थापा निकट रहेका राजनीतिमा सक्रिय रहे । राप्रपाबाटै ढुंगेलले २०६४ सालमा ९रामेछापबाट० चुनाव लडेका थिए ।

६ असार २०७४, मंगलवार ०७:२९मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *