जनता टाइम्स

३१ बैशाख २०७६, मंगलवार १०:१६

प्रधानमन्त्री ओलीको कम्बोडियामा भब्य स्वागत, नेपाली झण्डा नै बोकेर सडकमा उत्रिए कम्बोडियाली जनता


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनको औपचारिक भ्रमणका लागि सोमबार कम्बोडिया अधिराज्य पुग्नु भएको छ । उहालाई त्यहा भब्य स्वागत गरिएको छ । प्रधानमन्त्री ओलीलाई नोन पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका वातावरण तथा सवारीमन्त्री से अल र वैदेशिक मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका सेक्रेटरी अफ स्टेट इट सोफियाले स्वागत गर्नुभएको थियो ।

कम्बोडियाका प्रधानमन्त्री साम वेद्क आक्का मोह सेना पाडेयी टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहा पुग्नु भएका प्रधानमन्त्री ओलीलाई त्यहा जनताले भब्य स्वागत गरेका छन् । सडकका दायाबाया उभिएर दुई देशका झण्डा बोकेर प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन् । भ्रमण टोलीमा प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहाकार डा राजन भट्टराई, सांसद, उच्चपदस्थ सरकारी अधिकारी, निजी क्षेत्रका व्यवसायी, सञ्चारकर्मीलगायत हुुनुहुन्छ ।